बिरेन्द्र माद्यामिक बिद्यालय गंगादेव ३ नाउलीकाे बारेमा चिन्ता गर्नेको संख्या खुल्न थालेको छ । यसै सन्दर्भमा बिद्यालय सुधारकोलागि सचेत यूवाको हिसावले फेसबुक स्टाटस लेख्दै सुधारको लागि अनुरोध समेत गरेका छन । उनको अनुसार
बिरेन्द्र माद्यामिक विद्यालय नाउलीको बिषयमा विश्लेषण तथा नानाथरिका कुराहरु आइरहेका छन् किन! यस बारेमा मलाई पनि केही कुरा लेख्न मन लाग्यो। बिरेन्द्र माद्यामिक विद्यालय नाउली भनेको गंगादेव गाउँपालिकाको सबैभन्दा पहिलो विद्यालय हो। यो विद्यालय बि स २०२० सालमा स्थापना भएको हो। यस विद्यालयमा भौतिक संरचना पहिले केही कमजोरी देखिएतापनि अहिले केही सुधार भएको देखिन्छ। यस पहिले अध्ययनको लागी सल्यानमा जाने गरेका पाइन्छ। यस विद्यालयमा पढेका धेरै विद्यार्थीहरु राम्रै प्रगति गरेको देखिन्छ।
जानकारहरुका अनुसार यस विद्यालयको प्रशासकमा प्रअ घमण्ड बहादुर डाँगीले बिद्यालयमा राम्रो प्रशासकिय भूमिका निर्वाह गरेको पाइन्छ। विद्यालयको अध्यक्षको सन्दर्भमा लालबहादुर ओली विश्व को पालोमा बिग्रनै लागेको बिद्यालयलाइ सुधार गरि त्यस अघि र पछि अरु अध्यक्षहरुको कार्यकाल भन्दा धेरै राम्रो भएको अनुभब गरेको छु। यतिखेर भौतिक संरचनामा पनि विद्यालय अघि बढेको थियो भने शैक्षिक अवस्थामा पनि विद्यालय अगाडि बढेको देखिन्छ। त्यतिखेर नै यस विद्यालयमा प्लसटु स्थापना भई पढाइ सञ्चालन भएको थियो।
नेपाल सरकारले शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत शिक्षा प्राप्त गर्ने अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षालाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादमा उन्मुख राष्ट्र निर्माणमा केन्द्रित गर्दै शिक्षामा सबैको सहज एवं समतामुलक पहुँच र निरन्तरता सुनिश्चितता गर्ने तथा सिकाइलाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिश्पर्धी एवं गुणस्तरयुक्त बनाउनका लागि अनिबार्य तथा निशुल्क शिक्षा व्यवस्थापन गर्ने उद्देश्य लिएको छ।
यस विद्यालयका सबै शिक्षकहरु दक्ष र अनुभव प्राप्त हुनुहुन्छ। अनुभवी र दक्ष शिक्षक हुदाहुदै पनि किन शैक्षिक स्तर कमजोर भइरहेको छ? यसरी नै शैक्षिक अवस्था खस्किँदै जाने हो भने नेपाल सरकारले लिएको लक्ष्यमा पुग्न गाह्रो देखिन्छ। यहाँ चलेको राजनीति मुख्य कारक तत्व हो। विद्यालयले योजना बनाउन नसक्दा यी समस्याहरू आएको देखिन्छ। यी समस्या समाधान गर्न राजनीति को अन्त्य हुनुपर्ने। अभिभावक, वि.व्य.स , शिक्षक , विद्यार्थी र बुद्धिजीवी मिलेर कार्ययोजना बनाउनुपर्ने। कार्ययोजना अनुसार प्र अ ले विद्यालय सञ्चालन गर्नु प्रर्ने। सम्भव भए छुटै प्रअ को दरबन्दी कायम गरी सञ्चालन गर्ने सकेमा मात्र विद्यालय अगाडि बढाउन सकिन्छ।
