• एउटै दृष्टि, भिन्न कोण
  • Search

माथिल्लो डोल्पामा अझै उपलब्ध छैन प्रसुति सेवा-कता छ स्थानिय सरकारको ध्यान?

डोल्पा २०७७ कार्तिक २४ गते सोमवार

माथिल्लो डोल्पाबाट शनिबार एक जना सुत्केरी महिला नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। माथिल्लो डोल्मामा रहेको शे-फोक्सुण्डो गाँउपालिका -१ कोमास गाँउकी ४२ बर्षिय भुन्टी गुरुङ गाँउमै स्वस्थ बच्चा जन्माएकी आमालाइ अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट सुर्खेत लगिएको हो । राष्ट्रपति महिला तथा बालबालिका उद्दार कोष मार्फत दुर्गमका जिल्लाहरुमा सरकारले उद्दार गर्दै आएको छ ।

यो माथिको घटना एउटा उदाहरण मात्र हो । माथिल्लो डोल्पाबाट दर्जन भन्दा बढी गर्भवति र सुत्केरी महिलाहरुलाइ सुनौलो हजार दिनमा हुने समस्याका कारण हेलिकप्टर मार्फत उद्दार गरिएको छ। माथिल्लो डोल्पामा रहेका ३ वटा गाँउपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा सुरक्षित प्रसुति सेवा संचालन नहुँदा गर्भ जाँच र सुरक्षित सुत्केरी सेवा पाउनबाट महिलाहरु बञ्चित भएका छन ।

शे-फोक्सुण्डो गाँउपालिका १ कोमास गाँउमै सुत्केरी भएकी गुरुङको उच्च रक्तश्रावको कारण स्वास्थ्यचौकीमा उपचार हुन नसकेकाले हेलिकप्टरबाट उद्दार गर्नुपर्ने बाध्यता आएको साल्दाङ स्वास्थ्य चौकी का प्रमुख निमा गुरुङले जानकारी दिए। प्रसुति सेवा संचालन गर्न स्थानिय सरकारको अधिकार तथा निर्णय आवश्यक बजेट उपलब्ध भएपनि साल्दाङ स्वास्थ्य चौकीमा अहिले सम्म सुरक्षित प्रसुति सेवा संचालन समेत गरिएको छैन ।

सुरक्षित प्रसुति सेवा लिन डोल्पा जिल्ला सरमुकाममा रहेको जिल्ला अस्पताल सम्म आउन एक साता को पैदल यात्र गर्नु पर्छ । केही शिक्षित गाँउका अगुवाहरु र संचार सुविधाको पहुचमा भएकाहरुले सुत्केरी र गर्भवतिको हेलिकप्टरबाट उद्दार गर्ने गरेका छन । शिक्षाको क्षेत्रबाट बञ्चित साधारण पहुचविहिन नागरिक गर्भवति महिलाले अकालमै ज्यान गुमाउन बाध्य भएका छन ।

समुदायको ग्रामिण क्षेत्रको सुचनालाइ आधार मान्ने हो भने माथिल्लो डोल्पामा दुइ तिहाइ बाल मृत्यूदर रहेको स्थानियहरु बताउछन । भौगोलिक बिकटता रहेको यसक्षेत्रमा मातृ मृत्यूदर पनि उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस