• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपाबाट निर्वाचित जनप्रतिनिधिको हर्कत झुठो नाम र ठेगाना लेखाई जुवा खेल्दै गर्दा दाङमा पक्राउ

दाङ २०७७ मङ्सिर ८ गते सोमवार

अर्घाखाँची जिल्लाका एक वडाध्यक्ष दाङमा जुवाको खालबाट पक्राउ परेका छन् । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ४२ बर्षीय रुकेश आले सोमवार विहान १ बजे दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियास्थित एक रेष्टुरेष्टमा जुवाको खालवाट पक्राउ परेका हुन। तर पक्राउ परेका वडाध्यक्ष आलेले प्रहरीलाई भने गलत ठेगाना लेखाएको पाइएको छ ।

उनले प्रहरीमा दाङको राप्ती गाउँपालिका वडा नं. १ भन्ने ठेगाना लेखाएका छन् । उनी तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचन जितेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको नाम लिष्टमा उनको नाम रुपेश आले र ठेगाना दाङको राप्ती गाउँपालिका वडा नं. १ लेखिएको छ ।

अर्घाखाँचीकै एक नेताले आले सितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भएको र नाम रुकबहादुर आले मगर भएको तर उनले प्रहरीलाई झुक्याउन झुठो ठेगाना लेखाएको जानकारी दिए । दाङका प्रहरी अधिकारीले भने वडाध्यक्ष पक्राउ परेको बारे अनभिज्ञता प्रकट गरेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले वडाध्यक्ष पक्राउ परेको बारे आफुलाई कुनै जानकारी नभएको बताए ।

पक्राउ पर्ने अन्य व्यक्तिहरुमा प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ३ का ५० बर्षीय चुमानसिंह सुनार, सोही ठाउँका ३५ बर्षीय अल्ली शाह, सरुमारानी वडा नं. १ का २४ बर्षीय एडिस मिया, सोही ठाउँकै ४० बर्षीय अक्कबर हुसेन मिया, सोही ठाउँकै ४४ बर्षीय कृष्णबहादुर राना, रेष्टुरेण्ट सञ्चालक दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया निवासी २१ बर्षीय यमबहादुर राना रहेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता खड्काले पक्राउ परेका सबैका विरुद्ध अदालतवाट ७ दिनको म्याद सोमवार थप गरि अनुसन्धान गर्ने आदेश मिलेको जानकारी दिए ।

दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया स्थित गोपाल खत्रीको घरमा सोही ठाउँका २१ बर्षीय यमबहादुर रानाले सञ्चालन गरेको राप्ती फेम्लिरेष्टुरेण्टवाट वडाध्यक्ष आलेसहित ७ जना एक लाख ४६ हजार नगदसहित सोमवार विहान १ बजे पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस