• एउटै दृष्टि, भिन्न कोण
  • Search

बंगलाचुली गाँउपालीकामा खरको छानो विस्तापनकालागि जस्तापाता बितरण

दाङ २०७७ मङ्सिर ९ गते मङ्गलवार

दाङको बंगलाचुली गाउँपालिकाले खरको छानो विस्तापन कार्यक्रम अन्तरगत मंगलवार वडा नं.-८ का विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गाँउपालिका अध्यक्षको प्रत्यक्ष उपस्थितिमा सांकेतिक बितरण पश्चात वडा कार्यालय मार्फत छनौटमा परेका घरधुरीलाइ जस्तापात बितरण गरिएको हो ।

गाँउपालिका अध्यक्ष आफै प्रत्यक्षरुपमा उपस्थित भएर सबै वडामा बितरणकालागि तयार गरिएको नामावली र बितरणकालागि खरिदगरि सम्बन्धित वडा सम्म पुर्याइएको जस्तापाता अनुगमन र वितरण सुरु अनुमति पश्चात छनौटमा परेका घरधुरीलाइ बितरण गरिदै आएको छ । गाउँपालिकाले यस अघि पनि विभिन्न ८ वडाहरुमा जस्तापाता वितरण गरि सकेको छ ।

पहिलो चरणमा वडाका अति विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो । अध्यक्ष वलीका अनुसार गाउँपालिकाको सबै खरका छानो भएका परिवारलाई क्रमसः जस्तापाता वितरण गरिने छ ।

बंगलाचुली गाउँपालिकामा खरको छानो भएका घरधुरी संख्या धेरै रहेका कारण एकै पटक सबैलाई जस्तापाता उपलब्ध गराउन नसकिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो ।

जस्तापाता वितरण अवसरमा गाउपालिका अध्यक्ष भक्त बहादुर वली,निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्य,प्रशासन तथा याेजना प्रमुख गाेपाल केसी ,वडा नं. ८ का अध्यक्ष गिरराज बाँठा लगाएतकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस