आकास्मिक दुर्घटनामा ज्यान गुमाएका दाङको बंगलाचुली गाउँपालिका -२ गर्ज्याङ निवासी भाेज बहादुर घर्तीकाे परिवारलाई बंगलाचुली गाउँपालिकाले आर्थिक सहयाेग प्रदान गरेकाे छ ।
गाउँपालिका अध्यक्ष भक्त बहादुर वली,उपाध्यक्ष यमुना थापाघर्तिमगर,निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्य, वडा नं.२ काे अध्यक्ष मेघराज राना लगाएत गाँउपालिकाको टाेलिले स्वर्गीय भाेज बहादुरकाे परिवारलाई आर्थिक सहयाेग घरमै पुगेर हस्तान्तरण गरेकाे हाे ।

यसैबीच स्वर्गीय भाेज बहादुरकाे घरमा एक कार्यक्रमका विच श्रद्धाञ्जली सभा समेत सम्पन्न गरिएकाे छ । वडा नं.२ का अध्यक्ष मेघराज रानाकाे अध्यक्षता एव गाउपालिका अध्यक्ष भक्त बहादुर वलीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएकाे हाे । वडा सदस्य भिमकुमार बुढामगरकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण बंगलाचुली गाउँपालिका प्रशासन प्रमुख गाेपाल केसीले गर्नु भएकाे थियो ।