रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले मन्टेश्वरी शिक्षण पद्धति पछिल्लो समय ग्रामिण क्षेत्रमा लोकप्रिय बन्दै गएको बताउनुभएको छ। मन्टेश्वरीमा बालबालिकाहरुको रुचि र चाहनाअनुरुपको सिकाई हुने भएकाले शिक्षामा थप प्रभावकारी हुने उहाँले विस्वास ब्यक्त गनुभयो।
रोल्पाको होलेरीमा मन्टेश्वरी विधिबाट शिक्षण सिकाई कृयाकलाप लागि दश दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै अध्यक्ष बुढाले बालबालिकालाई खेलौलाको माध्यमबाट खेल खेलाउँदै सिकाउने मन्टेश्वरी विधिको प्रशिक्षण महेन्द्र माविले आयोजना गरेकोप्रति खुशी ब्यक्त गर्नुभएको छ।

कोरोना भाइरसले पछिल्लो समय शिक्षा क्षेत्रलाई तहसनहन बनाइरहेको बेला महेन्द्र मावि होलेरी रोल्पाले विद्यालयका कक्षा एकदेखी तीनसम्मका शिक्षकहरुलाई मन्टेश्वरी विधिबाट शिक्षण सिकाई कृयाकलाप लागि दश दिने प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पुनको अध्यक्ष तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, वडा नं. ७ का वडाध्यक्ष जंगबहादुर घर्ती, प्रशिक्षक अन्जना प्रसाई, गाउँपालिका शिक्षा शाखा प्रमुख अन्जु शर्मालगायतको आतिथ्यता रहेको थियो।

१० दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षक अन्जना प्रसाई रहनुभएको आयोजक महेन्द्र मावि होलेरीले जानकारी दिएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा स्वागत् मन्तब्य शिक्षिका बिष्णुकुमारी घर्तीले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महेन्द्र माविका प्रअ बेदबहादुर सुर्यबंशीले गर्नुभएको थियो।