• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्वास्थ्य आमासमुहको भवन गाँउपालिका उपाध्यक्षद्वारा उद्घाटन

रोल्पा २०७७ मङ्सिर २८ गते आइतवार

गंगादेव गाउपालिका उपाध्यक्ष रिता घर्तीद्वारा हिमाल स्वास्थ्य आमा समूह भवन उद्घाटन भएको छ। हिमाल स्वास्थ्य आमा समुह गंगादेव २ फारुला रोल्पाले एक अौपचारिक कार्यक्रमको आयोजना गरेर २ कोठे भवनको उदघाटन गरिएको हो।

समुहका अध्यक्ष कौशिला खत्रीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि गाउपालिका उपाध्यक्ष रिता घर्ती, वडा नम्बर २ का अध्यक्ष भुपाल दमाइ ,आमा समूहका सदस्यहरु, स्थानीयको सहभागीता रहेको थियो ।

गाउपालिकाको आ.व ०७७/७८ को बिनियोजित रु २ लाख बजेटमा निर्माण गरिएको थियो ।  भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउपालिका उपाध्यक्ष घर्तिले समयमै भवन निर्माण सम्पन्न  गरेकोमा हिमाल आमा समुहको कामलाई प्रशंसा गर्दै  समाजमा आमा समुहको भुमिका बढदै गएको र यसले नेतृत्व निर्माणमा समेत भुमिका खेल्दै आएको बताए ।

वडा अध्यक्ष भुपाल दमाइले स्वास्थ्य आमा समूहले सामाजिक क्षेत्रमा राम्रो काम गरेको हुदा आमा समुहको भवनमा बजेट बिनियोजन गरेको र  हिमाल आमा समुहलाई फारुला गाउमा गर्ने सबै किसिमका काममा सफलताको शुभकामना समेत दिए ।

प्रतिक्रिया दिनुहोस