सरकारले संसद् विघटनको सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गरेको हो । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री केपी ओलीले आफू निकट नेताहरुसँग लामो छलफल गरेका थिए। आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवाससमेत गएका थिए।
यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतल निवास पुगि संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिने बारे छलफल गरेका थिए ।