रोल्पाको ग्रामिण भेगमा रहेकाे भगवति आधारभूत बिद्यालय सुधारमा प्रदेश सांसद दिपेन्द्र कुमार पुन सिजलको नजर परेपछि स्थानियबासी खुसि भएका छन । गंगादेब गाँउपालिका रोल्पामा रहेको भगवति आधारभूत विद्यालयको भौतिक पूर्वाधार सुधारकालागि लुम्बिनि प्रदेश सांसद दिपेन्द्रकुमार पुन सिजल र गंगादेब गाँउपालिका स्थानिय सरकाले बिद्यालय सुधारमा प्राथामिकता दिदा बिद्यालय सुधार हुने अपेक्षाले खुसि भएका हुन।
फिल्ड निर्माण शिर्षकमा प्रदेश बाट रु १० लाख प्राप्त बजेटबाट बिद्यालयमा खेलमैदान निर्माण कार्य भैरहेको छ। माथिल्लो निकायबाट यस बिद्यालयमा पहिलो पटक प्रदेश सांसद दिपेन्द्रकुमार पुन सिजलको पहलमा जिर्ण भौतिक पूर्वाधार सुधारगर्न बजेट प्राप्त भएको हो ।
बिद्यालयमा यस अघि स्थानियले बिभिन्न अभियान संचालन गरि खेल मैदानलाइ सहज बनाएका थिए भने गत आव मा गाँउपालिकाले फिल्ड निर्माण शिर्षकमा रु ३ लाख बिनियोजन गरि सहयोग गरेको थियो । बजेट सदुपयोग गरि काम गर्न सक्षम यस समुदायमा प्रदेश सरकारबाट प्राप्त बजेटबाट प्रयाप्त खेलमैदान बन्ने अपेक्षा लगिएको छ ।
बिद्यालयमा बिगतमा जिल्ला शिक्षा कार्यालयबाट २ वटा भवन निर्माण र गाँउपालिका बाट १ वटा भवन निर्माण भएका थिए । कक्षा ८ सम्म संचालित यस विद्यालयमा भवन तथा कक्षाकोठा अभाव कायमै छ । सहज पठनपाठन संचालन गर्न बिद्यालयलाइ ४ कोठा भएको भवनको आवश्यकता रहेको छ ।
जिनावाङ सामुदाियक सिकाइ केन्द्रको भवन उदघाटन गर्न पुगेका गाँउपालिका अध्यक्ष बिरबहादुर खत्रीले फिल्ड निर्माणको काम सकिए लगतै बिद्यालयमा नया भवन निर्माणकोलागि प्रयाप्त बजेट ब्यवस्था गर्ने जनाएका छन । खेलमैदान निर्माणकोलागि प्रदेश सरकारको सहयोग पाउदा मख्ख स्थानियबासि गाँउपालिका अध्यक्षको भवन निर्माण गरिदिने प्रतिबद्दताले बिद्यालय सेवा क्षेत्रका स्थानियबासी खुसि भएका छन ।
नेकपाको सरकारबाट शिक्षा क्षेत्रमा प्रयाप्त लगानि पाउदा भौतिक पूर्वाधार बिकास भए पनि शैक्षिक गतिविधि भने सुधार गर्नु पर्ने अभिभावकहरु बताउछन ।