दाङको बंगलाचुली गाउपालिकामा खानेपानी तथा सरसफाइ आयोजना मर्मत संभार कार्यक्रता लाई आाधारभूत ब्यवसाहिक सीप तालिम दिन सुरु भएको छ । बंगलाचुली गाउपालिकाको समन्वय तथा आयोजना नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको आर्थिक सहयोगमा मर्मत संभार सीप बिकास तालिम सुरु भएको हो ।
बाह्र दिन सम्म चल्ने तालिमको सहजिकरण गाउपालिका प्राबिधिक ऋषि क्षेत्री र रेडक्रस प्राबिधिक संयोजक मनोज रेग्मिले गरिरहेका छन । दुई दिन सम्म सामान्य बिषयगत ज्ञान र सीप दिएपछि दस दिन आफ्नै नया निर्माणहुने आयोजनामा प्राबिधिक आयोजनाको काम गरि तालिम लिनु पर्ने प्रशिक्षक मनोज रेग्मीले बताए ।
खानेपानी मर्मत संम्मार कार्यक्रताको लागि दिइएको तालिममा बंगलाचुली गाउपालिका भित्र निर्माणहुने चार आयोजनाहरु अमारे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, भेडाबारी खानेपानी सरसफाइ उपभोक्ता समिति, झिङ्गा खानेपानी सरसफाइ उपभोक्ता समिति, ठुलोखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समित बाट जम्मा ११ जनाकोे सहभागिता रहेको आयोजकले जनाएको छ।