• एउटै दृष्टि, भिन्न कोण
  • Search

संघियता संघ म र स्थानिय तह कार्यान्वयन एक समिक्षा

रोल्पा २०७७ माघ २२ गते बिहिवार

मेरो बाल्यकाल र अध्ययन अध्यापन दुर्गम गाँउ रोल्पामा नै भयो । १० बर्षे जनयूद्दको उच्च प्रभाव परिरहेको बेला मेरो माद्यामिक तहको अध्यनमा भएको थियो । यो प्रभावले उच्च शिक्षा हासिल गर्दा पनि निरन्तरता दियो। यो लेख सम्पादन गर्दै गर्दा मेरोलागि थोरै बैचारिक ज्ञान राजनैतिक पाठ केही अंश सिकाउने आदरणिय चुडामणि वली ‘आदर्श’लाइ म सम्झन चाहान्छु।

उहाँले उतिबेला भनेको अन्तिम बाक्याशं अहिलेपनि मलाइ घोच्ने गर्दछ। राजनितिले समाज परिवर्तनमा ठुलो टेवा दिएको छ, यो काममा म निरन्तर सहभागि छु। यदि म यसमा सहभागि भएन भने यो ठाउमा अरु कोही सहभागि हुन्छ। उसले गर्ने समाजसेवा र मैले गर्ने सेवाको तवर तरिका फरक हुन्छ। समाज कस्तो बनाउने राजनिति कर्मिकै हातमा हुन्छ। तिमिले राजनिति नगरे, तिमिलाइ अरुले शासन गर्छ। आफ्नो शिरमा अरुलाइ नाच्न दिने कि आफु मैदानमा उत्रिने त्यो तिमिले निर्णयलिने कुरा हो ।

यो माथिका बाक्याम्सले मलाइ केही सोच्न बाध्य बनायो । तसर्थ म पनि समयको माग अनुसार समाजिक काममा सहभागि भए। बिभिन्न सामाजिक अभियानमा आफ्ना बिचार कसैलाइ मन नपरेपनि ब्यक्त गर्न थाले। तर मेरो गाँउमा यसलाइ राजनिति परिभाषाले सम्बोधन गर्न थालेछन। सयय बित्दै जादा संघिययताको नयाँ अभ्यास सुरुवातीमा म र मेरा गाउँबासीमा खुसिको सिमानै रहेन। हामिहरु सोच्ने गर्थिउ हाम्रो अधिकार अव गाँउ गाँउमा आएको छ ।

त्यो बेला सुखि नेपाली संबृद्द नेपालको अभिभारा पुरा गर्न स्वच्छ स्वभाव भएका जनप्रतिनिध नयाँ अनुहार गाँउ गाँउमा देखिए। निर्बाचनकै समयमा धेरैले आफन्तलाइ बिर्षेर बिचारलाइ अंकमाल गरे । म जिल्ला बाहिर भएपनि टेलीफोनबाट समाजका उच्च ब्यक्तिसंग छलफल र सहकार्यको बहस लाइ निरन्तरता दिने काम गर्थे। अचम्मको कुरा त के भने स्थानिय नियकाय निर्बाचनकोलागि भनेर ५ दिनको पैदल यात्रमा डोल्पा देखी रोल्पा मेरो गाँउ सम्म फर्कको थिए।

मैले नयाँ आउने जन प्रतिनिधिहरुबाट सयौ सपनाहरु देखेको थिए। मैले मेरा गाँउ वडालाइ सजाउने सपना देखेको थिए। मैरो बिचार र भावनालाइ कदर गरि गाँउ बिकासमा योगदान पुर्याउने जनप्रतिनिधिको आशा गरेको थिए। त्यसैले म डोल्पा देखि मताधिकारको सदुपयोग गर्ने रोल्पा सम्मको पैदल यात्रा गरेको थिए । म सोच्थे गाँउ बन्छ भने म कारिन्दा बन्न पनि तयार छु। अरु जोखिम मोल्नेकुरामा पनि मेरो साथ र सहयोग उहाहरु सँघ हुन सक्थ्यो अव त्यो रहेन ।

राजनितिले मानिसलाइ समय अनुसार अन्धो पनि बनाउने रहेछ। त्यहि अन्धोपनको सिकार भइरहेका छन सयौ स्थानिय निकायहरु, आजभोलि सबै गाँउहरु र स्थानिय निकाय र राष्टिय राजनिति पनि । त्यसमा मेरो गाँउ र वडा पनि अछुतो रहेन । स्थानिय तह निर्बाचनको ३ वर्ष पछि मात्र थाहा भयो कि हामिले रोजेका मान्छे साच्चिकै हामीले सोचेको जस्ता रहेन छन। साथिहरुको समिक्षामा हामि भन्ने गर्छौ अमृत रोपेको बिष बृक्ष फल्यो त हामि के गर्न सक्छौ ।

आजभोलि ति बिगतका सबै सपना तुहिएका छन। जनप्रतिनिधिहरु राम्रा कामहरु मैले गरेको हु भनेर पहिले गाँउ गाँउमा सन्देश पुर्याउछन। गर्दा गर्दै काम बिग्रियो भने दोष सबै गाँउपालिका अध्यक्ष र स्थानिय निकायका कर्मचारीमा थुपार्छन। बिग्रेको कामको अपजस लिन,समिक्षा छलफल गर्न तयार हुदैनन। वडा कार्यालयमा बस्नु पर्ने जनप्रतिनिधि दैनिक गाँउपालिकामा हाजिर लगाउछन रे। बस्ति स्तरको समस्याहरुमा छलफलको कुनै मतलब नै छैन। ३ बर्ष सम्म पनि अरुको के कुरा गरौ वडामा वडा अध्यक्षको कुनै समसामायिक बिषय छलफल गर्न गाँउमा नआएको गुनासो यत्र तत्र छ रे।

उहाहरुको सक्रियता गाँउ गाँउमा मोटरबाटो खन्न डोजरको प्रयोगलाइ प्राथामिकता छ रे । बाटो खनेर के गर्नु पानीपरेको समयमा नचल्ने बाटो स्तरउन्नतिको कुनै योजना छैन रे। गाँउका यूवा बिदेशजान प्रोत्साहन गर्छन रे। गाँउमा रोजगारीको संभावना नदेखेपछि के गर्ने बिदेश त जानै पर्यो नि हैन र ? एक पटक हामि सबैले सोचाै त- गाँउ गाँउमा स्वरोजगार भइ प्रत्यक्ष काम गरिरहेका सिकर्मि र डकर्मि दाइलाइ तालिम र प्रोत्साहन र योजना किन छैन ? आरनमा कामगर्ने आरनेदाइको आरन उहि २० बर्ष पहिलेकै छ। सुजिकार दाइको सिप समय अनुसारको सिलाइ नहुदा बिदेशबाट भित्रीएका कपडा लगाउन बाध्य छौ।

के पेशा ब्यसायमा लागेका सुजिकारलाइ स्ट्याण्डर तालिम दिन सक्दैनौ? के सिकर्मि, डकर्मि, सुजिकार, आरने दाइकोलागि संघियता आएको हैन? के उनिहरुको अधिकारको बारेमा कुरा उठाउनु पर्दैन? के उनिहरुले मतदान गरेका हैनन? के उनिहरुको जिवन स्थर सुधारिनु पर्दैन? गाँउमा रहेका यूवाहरुकोलागि रोजगारी दिलाउन कुनै काम गर्न सकिदैन? समाजकोलागि केही गर्छौ भनेर जुटेक एकाध यूवा क्लब समुहहरुलाइ प्रोत्साहन गर्ने उपाय छैन? यति धेरै प्रश्न छन हाम्रो समाजमा जनप्रतिनिधिहरुकोलागि !

माथि उठाएका प्रशनहरुको समाधान अवश्य पनि छन । तर यहाँ योजना छनौट र आवश्यकता पहिचान गर्न बस्ति बस्ति सम्म पुगिदैन? योजना छनौटको चरणलाइ बेवास्था गर्दै मनोमानिका योजना बनाइन्छ । हेर्नेहोस त एउटा मात्र उदाहरण कोरोनाको कहरमा बिश्व नै लडिरहेको समयमा तिज महोत्सव मनाउने जस्ता कार्यक्रमको खाका पारित भएको हामिले देख्यौ हैन । के गाँउ सभा र गाँउ कार्यपालिकामा गलत निर्णयलाइ सहमति छैन भन्ने शब्द छैन? यो अवस्था देख्दा लाग्छ मेरो वडा र गाँउपालिका राम भरोसामा चलेको छ । भन्न मन नहुदा नहुदै बाध्यताका शब्दहरु निकाल्न हामि यूवाहरु बिवस छौ यस्ता कुपात्र जन्माउनलाइ गरिएको मतदान आफै बिष बृक्ष उत्पादन भयो भन्नेमा दुइ मत छैन ।

किसानले उत्पादन गरेको बारिको तरकारीले उचित लाग्नेगरि सबै किसानले एउटै मूल्य नपाउने, वास्तविक किसानले स्वच्छ हिसावले अनुदान नपाउने, दूधको बजार खोजि र प्रसोधनको कुनै उपायको खोजि नगरिने, युवाहरुलाइ गाँउमै रोजगारी सृजना गर्न बजेट प्रस्ताव नगर्ने, उत्पादनको क्षेत्रमा लगानी नगर्ने, स्व रोजगार भएका सिर्कमी, डकर्मी, सुजिकार,आरने दाइलाइ कुनै सहुलियतको योजना नबनाउने, झिना योजनाहरुमा लाखौ रकम खर्चिने जस्ता कामको हामिले संघीयताको मर्मलाइ नजिकबाट महसुस गर्नै सकेका छैनौ। आजभोलि सबै जनताहरु असन्तुष्टी छ “सबै जनप्रतिनिधिहरु चुनावी खर्च व्यवस्थापनमै लाग्ने हो भने अर्को चुनाव कहिल्यै नआओस”। यस्तो अपेक्षा स्थानिय तहबाट कसैले अपेक्षा पनि गरेका थिएनन । यस्तो कार्यान्वयन शैली र प्रकृति सुधार गरेर हाम्रा जनप्रतिनिधिहरु समयमै सहि बाटो नफर्कनेहोभने म र मेरो गाउँ कूनै ब्यक्त्ति विषेशलाइ पुजा गर्न बाध्य नहूँनपनि सक्छ।

जनप्रतिनिधमा सकारात्मक सोचको बिकाश हुनेछ । जनताले संघियताको महसुस गर्न सकुन र पाउन, सबै प्रकारका अनियमितता अन्त्य हुनेछन । सिकर्मि, डकर्मी,सुजिकार, आरनेदाइ को सिप अभिबृद्दि हुनेछ। यूवाहरु गाँउमै रोजगारीको संभावना देख्नेछन । दुध, तरकारी र मासुको प्रसोधन र बजार ब्यवस्थापनको योजना बन्ने छ। यूवा क्लबका भाइबहिनि र बिभिन्न समुहहरु सक्षम नेतृत्व लिन सफल हुनेछ । हामिलाइ सुनाइएको समृद्द देश सुखि नेपालीको बेस बस्ने छ । मेरो कामना।

प्रतिक्रिया दिनुहोस