• एउटै दृष्टि, भिन्न कोण
  • Search

गाउँपालिकाले महिला सहकारीका कर्मचारी र पदाधिकारीलाई लेखा तालिम सिकाउँदै

दाङ २०७७ माघ २३ गते शुक्रवार


छरिएर रहेका पुँजीलाई एकिकृत गरेमा आर्थिक आम्दानी गर्न सकिने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनिहरुले थोरै-थोरै पुँजि जम्मा गरेर ठुला र उदाहरणीय काम गर्न सकिने बताएका हुन् । बंगलाचुली गाउँपालिकाले महिला सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको लागि आयोजना गरेको लेखा व्यवस्थापन तालिम उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरुले यस्ताे बताएका हुन् ।

बंगलाचुली गाउँपालिकाको आयोजनामा गाँउपालिका भित्र रहेका महिला सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुका लागि चार दिने लेखा व्यवस्थापन तालिम शुक्रबार देखि गाँउपालिका कार्यालय कमिरेचौरमा सुरु भएको छ । गाउँपालिका अध्यक्ष भक्त बहादुर वली बाट औपचारीक उद्घाटन भएको तालिमको सहजिकरण प्रशिक्षक होमलाल भुसाल र बंगलाचुली गाउँपालिका महिला तथा वालवालिका शाखा सहायक महिला विकास निरीक्षक पार्वती रानाले गरि रहनु भएको छ ।

तालिमकाे औपचारीक उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले सहकारीले महिला दिदि बहिनीहरुलाई सक्षम र सवल बनाउँदै लगेकोले अझै उदाहरणीय काम गर्न सुझाव दिनु भयो । उहाँले सहकारीको माध्यम बाट समाजमा विभिन्न खालका सकारात्मक कार्यहरु गर्न सकिने भन्दै सहकारीले समुदायमा जीवन परिवर्तनको बाटो सिकाउन आश्यक रहेको बताउनु भयो ।

उद्घाटन सत्रमा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली,लेखा अधिकृत नाराय प्रसाद आचार्य,प्रशासन प्रमुख गोपाल के.सी.,लगाएतको सहभागिता रहेको थियो । तालिममा गाउँपालिका भित्रका महिला सहकारी संस्थाका व्यवस्थापक तथा पदाधिकारीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस