• एउटै दृष्टि, भिन्न कोण
  • Search

बिनिल केसीको प्रतिबद्धता, बिजयी गराउनुहोस ब्यबसायीको हकहितका लागि काम गर्छु

दाङ २०७७ माघ २९ गते बिहिवार

तुलसीपुर उद्योग वाणिज्य संघमा आगामी नेतृत्वका लागि मेरो महासचिवमा उम्मेदवारी परेको छ । म विगत लामो समयदेखि यस क्षेत्रका व्यापारीहरुको हकहितका लागि प्रतिबद्ध भएर काम गर्दै आएको छु ।

म संग यस अघिपनि सचिव पदमा रहेर काम गरेको अनुभब छ । अबपनि महासचिव भएर व्यापारीहरुका समस्या समाधानका लागि म इमान्दारीपूर्बक खटिने छु । विषेश गरेर घरबहालकरमा व्यवसायी र घरबेटीबीच देखिएको समस्या समाधान गर्न म पहल गर्ने छु । त्यस्तै स्थानीय सरकारसंग समन्वय गरि दर्ता प्रक्रियामा स्थानीय तहमा देखिने समस्या समाधान गर्न म भूमिका निर्वाह गर्ने छु ।

त्यसका साथै व्यवसायिक सचेतना, हकहितका लागि विभिन्न चेतनामुलक तालिक, गोष्ठिहरु सञ्चालन गर्ने योजना छ । आम व्यवसायिको प्रतिनिधित्व गर्ने गरि मैले उम्मेदवारी दिएको हुँ ।

म तुलसीपुरमा अव्यवस्थित रुपमा सञ्चालन हुने गरेको व्यापारलाई सकेसम्म व्यवसायिलाई समस्या नपर्ने गरि हरेक किसिमको व्यवसायलाई एकरुपता दिनका लागि अभियान सञ्चालन गर्ने छु । अहिलेसम्म भएका कामलाई निरन्तरता दिने र आगामी नयाँ कार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने सोच मेरो छ । भबिस्यका लागि तुलसीपुरको व्यापार ब्यबसायलाई अझैं राम्रो कसरी बनाउने भनेर म लागि पर्ने छु ।

तुलसीपुर क्षेत्रका हरेक सामाजिक, आर्थिक, बिकाश निर्माणका काममा संघको तर्फबाट एउटा इमान्दार सिपाही भएर खट्ने छु । त्यसका लागि म लगाएत हाम्रो प्रजातान्त्रिक प्यानलका सबै उम्मेदवारीलाई अत्यधिक मतले बिजयी बनाउन म मतदाताज्यूहरुलाई बिशेष आग्रह गर्दछु ।

बिनिल केसी
महासचिव उम्मेदवार
प्रजातान्त्रिक प्यानल

प्रतिक्रिया दिनुहोस