नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य लगातार बढिरहेको छ । फागुन ९ गते यसको सेयर मूल्य ६ सय रुपैयाँ प्रतिकित्ता पुगेको छ । यस आधारमा ५ हजार लगानी गरेर ५० किता सेयर किन्नेको अहिले सेयर मूल्य ३० हजार रुपैयाँ पुगेको छ भने ६ हजार लगानी गरेर ६० कित्ता किन्नेको लगानी ३६ हजार रुपैयाँ पुगेको छ ।
सेयर बजारका जानकार अब अझै केही समय निफ्राको सेयर मूल्य बढ्ने र त्यसपछि एउटा विन्दुमा पुगेपछि केही समय स्थिर रहने वा घट्ने बताउँछन् । प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३ सय ४० रुपैयाँमा भएको थियो । नेप्सेले इन्फ्रास्ट्रक्चरलाई पहिलो कारोबारका लागि न्यूनतम १ सय १३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३ सय ४० रुपैयाँ ४६ पैसासम्म रेन्ज तोकेको थियो ।
यसको बजार पुँजीकरण अहिले १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । यसको २० करोड कित्ता सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ । बैंकको हालको चुक्तापुँजी २० अर्ब रुपैयाँ छ ।