• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेब गाउपालिकामा जनयूद्दका शहिद,घाइते सहित ७२० जनालाई सम्मान गरिने

रोल्पा २०७७ फाल्गुन १९ गते बुधवार

गंगादेव गाउपालिका रोल्पाले गाउपालिका भित्र रहेका ७२० जनालाइ सम्मान तथा प्रोत्साहन गर्ने भएको छ। जनयुद्धका शहिद परिवार, जनयुद्धका घाईते अपाङ्ग तथा एकल महिला, विधुवा, विदुरहरूलाई सम्मान गर्ने भएको हो ।

फागुन २१ गते को दिन गाँउपालिका कार्यालय सानडाँडाँमा विशेष कार्यक्रमको आयोजना गरि प्रोत्साहन र सम्मान गरिने गाँउपालिका अध्यक्ष बिरबहादुर खत्रीले जानकारी दिए । उनले भने गाउपालिका भित्र रहेका जनयुद्धका शहिद परिवार, जनयुद्धका घाईते, अपाङ्ग, एकल महिला, विधुवा, विदुरहरूलाई गरि ७२० जनालाइ सम्मान गर्ने सुची तयार गरेका छौ। अझै कोही छुटेको पाएमा थप समाबेश गर्छौ।

गाउपालिका प्रेस संयोजक अशोक वलीका अनुसार प्रमाणपत्र र दोसल्ला प्रदान गरेर उनीहरुको योगदानको सम्मान गर्ने र बिधुवा बिदुरलाइ प्रोत्साहन गर्ने जानकारी दिए । उनले फेसबुकमा स्टाटस लेख्दै सम्मानकोलागि फागुन २१ गते शुक्रबार  ११ बजे उपस्थित भैदिन अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस