नेपाल राष्ट्रिय दलित मुक्ति सङ्गठन गंगादेव गाउपालिका रोल्पाको गाउपालिका स्तरिय भेला गाउपालिका केन्द्र सानडाडामा सम्पन्न भएको छ। गाउकार्यपालिका सदस्य खुसल सिंह बिकको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो।
गाउपालिका स्तरिय भेलाले खुसल सिङ बिकको अध्यक्षतामा ३९ सदसिय गाउपालिका तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिको उपाध्यक्षमा टीका बिक, सचिव दिपेश बिक, सह- सचीवमा धनबिर बिक, कोषाध्यक्षमा पान कलि बिक चयन भएका छन।
भेलामा नेपाल कम्युनिस्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल राष्ट्रिय दलित मुक्ति सङगठका केन्द्रिय सदस्य एवम् रोल्पा सह- सयोजक झक्कु प्रसद परियारको बिशिस्ट आतिथ्यता रहेको थियो ।साथै गाउपालिका भित्रका दलित प्रतिनिधि, निर्वाचित दलित प्रतिनिधि, नेकपामा आबद्द वडा, टोल कमिटीका दलित नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर खत्रीले १० बर्षको जनयुद्धले जातिय छुवाछूत, भेदभावमा ठूलो परिवर्तन ल्याएको र नेपाल संविधान२०७२ ले समाबेशी, समानुपातिक, आरक्षणको सहितको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा सबै जिम्मेवार बन्नु पर्ने बताए ।
कार्यक्रममा बोल्ने विशिष्ट अतिथि,अथितिहरुले दलितहरुले आफ्नो पेसामा खलोप्रथा हटायर ज्यालादारी कायम गर्दा राम्रो हुने, जातिय छुवाछुतको जरो कायम रहेकाले गाउपालिकामा न्यूनीकरण गर्न थप चेतना जगाउनु पर्ने बताएका थिए ।
गाउपालिकाका ७ वटै वडामा वडा स्तरको कमिटी बिस्तार गरिने नवगठित सङगठका अध्यक्ष खुसल सिङ बिकले जानकारी दिए ।