बंगलाचुली गाउँपालिकाले चैत्र एक गते देखि एक महिना सरमाथा र सम्राट सिमेन्ट उद्योग बन्द गराउने भएको छ । मदन भण्डारी सहायक मार्गमा पर्ने घोराही-मुर्कुटी सडक खण्डलाई समयमै कालोपत्रे गर्न र सिमेन्ट खानिको पहुँच मार्ग अनाराम (तापा) चोक देखि तापा र थारा सम्मको सडक खण्ड पनि संगै कालोपत्रे गर्नका लागि खानि बन्द गर्ने निर्णय गरेको हो ।
शनिवार बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षतामा वसेको सर्बपक्षिय बैठकले चैत्र एक गते देखि चैत्र मसान्त सम्ममा सडक कालोपत्रेको पहिलो चरण सक्ने गरी सिमेन्ट कम्पनिमा ढुवानी गर्ने टिप्पर बन्द गर्ने निर्णय सहमति गरीएको हो ।
गाउँपालिकाको कार्यालय कमिरेचौरमा शनिवार बसेको सर्वदलिय सर्वपक्षिय बैठकबाट यस्तो निर्णय गरिएको हो । खानी बन्द भएपछि सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने टिप्परहरु पनि बन्द हुने छन् ।
घोराही सिमेन्ट र सम्राट सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने सयौँ टिप्परहरुका कारण घोराही मुर्कुटी सडक खण्डमा सडकको अवस्था निकै विग्रीएको र निर्माण व्यवसायीलाई कालोपत्रे गर्न समस्या भएको हुँदा सडक कालोपत्रेका लागि सहजिकरणका गर्न खानीको उत्खनन बन्द गरेर कालोपत्रे गर्न लागिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।
सर्वपक्षिय बैठकको सहजिकरण बंगलाचुली गाउपालिका प्रमुख प्रशासकिय अधिकृत नेबबहादुर वलीले गर्नुभएको गाउपालिका प्रेस संयोजक जीवन नेपालीले बताउनुभयो ।