गंगादेव गाउपालिका रोल्पाको नवौं गाउँ सभाको तथा हिउदे अधिवेशन सुरु भएको छ। गाँउपालिका कार्यालय सभाहलमा उद्घाटन समारोह उद्घाटन समारोह सम्पन्न गरिएको हो ।
गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा सुरु भएको अधिबेशन उद्घाटन सभामा गाउँ सभा सदस्यहरु,राजनीतिक दलका प्रतिनिधि, गाउपालिका कर्मचारीको उपस्थिति रहेको थियो ।
गाउँ सभामा आ.व ०७६/०७७ मा अल्यामा आएका बजेटको भुक्तानी, करार कर्मचारीको नवीकरण, विभिन्न योजनामा रकमान्तर तथा शिर्षक परिवर्तन, गाउँ कार्यापालिकाका निर्णयहरु अनुमोदन गरिएको छ।
अधिबेशन बाट गरिबी निवारण कोष सन्चालन कार्यबिधी २०७७, एम्बुलेन्स सन्चालन सम्बन्धि कार्यबिधी २०७७, स्थानीय स्वास्थ्य सस्था सन्चालन तथा व्यवस्थापन कार्यबिधी २०७७, लैङ्गकि हिंसा निवारण मापदण्ड २०७७, जनता सग अध्यक्ष कार्यक्रम सन्चालन कार्यबिधी २०७७, खानेपानी उपभोक्ता समिति व्यवस्थापन व्यवस्थापन कार्यबिधी २०७७, गंगादेव गाउपालिका न्यायीक समिति उजुरीको कार्वाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधी बिध्यक २०७७ अनुमोदन गरिएको छ ।