नेकपा माओवादी केन्द्र रोल्पाले २०७४ सालमा स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनाव सम्पन्न पछि अहिले सम्मको बिकास निर्माण र सांगठानिक बृहत समीक्षा सम्पन्न गरेको छ । जिल्ला कमिटी बैठक राखेर माओवादी केन्द्रले आफूले जित हात पारेका क्षेत्रमा गरेको गतिबिधिको समीक्षा गरेको हो ।
सदरमुकाम लिवाङमा दुईदिनसम्म चलेको बैठकमा संघीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, गाउँपालिका र वडा तह सम्मका निर्वाचित र पार्टी नेताको सहभागिता रहेको थियो । बैठकमा चुनाव जितहासिल गरेका गाउँपालिका र वडामा समग्रमा राम्रो काम गरेको माओवादी केन्द्रले समीक्षा गरेको छ ।
संघ र प्रदेश स्थानिय निर्वाचित प्रतिनिधिलेले प्रभावकारी भूमिका खेलेको तर कतिपय कुरा सच्चाउनुपर्ने सुझाव आएको सहभागिले बताएका छन् । विकास निर्माणको कामकै शिलशिलामा भएका त्रुटी सच्चाएर जाने निष्कर्ष निकालिएको छ ।
बैठकमा संघिय, प्रदेश र गाउँपालिकासम्मका निर्वाचित जनप्रतिनिधि र माओवादी केन्द्रका नेताले प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि समूह विभाजन गरि छलफल भएको थियो ।
सांगठनिक हिसावले बैठकले तत्कालिन नेकपा एमालेसँग एकीकरणपछिको संगठन संरचनालाई नै कायम गर्ने केन्द्रको निर्णयलाई कार्यान्वयन गर्ने सहमति गेरेको छ । बैठकमा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्रकुमार पुनले केन्द्रको निर्णय अनुसार २०७५ जेठ ३ गतेपछिकै सांगठनिक संरचना कायम राख्ने निर्णय भएको जानकारी गराएका थिए । तर कतिपय नेता एमालेमा फर्किएर रिक्त ठाउँमा परिपूर्ति गर्दै जाने बताएका छन् ।
समीक्षा बैठकमा लागि पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुन, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन लगायत जिल्लाका नेता तथा स्थानीय नेता र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
रोल्पामा माओवादी केन्द्रले ५० वडा, ७ पालिका,२ वटै प्रदेश सभा र एउटै क्षेत्र रहेको प्रतिनिधि सभा निर्वाचन जितेको थियो भने जिल्ला समन्वय समिति पनि उसकै नेतृत्वमा छ ।
अहिलेसम्मको समीक्षा गर्दै माओवादी केन्द्र रोल्पाले आगामी चुनावको तयारी गर्ने निर्णय समेत गरको छ ।