• एउटै दृष्टि, भिन्न कोण
  • Search

कोभिड-१९ संक्रमणका कारण गाउपालिका सिल

रोल्पा २०७८ बैशाख १३ गते सोमवार

कोभिड-१९ संक्रमणको कारण गंगादेब गाउपालिकालाई सिल गरिएको छ। गंगादेव गाउँपालिकामा कार्यरत केहि कर्मचारी र बजारबासीलाई कोभिड-१९ संक्रमण भेटिएपछी अर्को सुचना जारि नभए सम्मका लागि कार्यालय सिल गरिएको हो ।

गाउपालिकाले सुचना जारी गर्दै अर्को सुचना जारी नभएसम्म गंगादेव गाउँपालिकाका मुख्य बजार क्षेत्रहरु सिल गरिएको गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर घर्तीद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत भनिएको छ। बजार आसपासमा पनि केहि व्यक्तिहरुलाई कोभिड-१९ पुष्टि भएकोले गंगादेवको २ नम्बर वडा भित्रका स्वास्थ्य सँस्था बाहेक सम्पूर्ण कार्यलय, बैंक, वित्तीय संस्था, शिक्षण संस्थाहरु १३ गते सोमबार देखि पूर्णरुपले बन्द हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस