नेपाल सरकारका पूर्व सिंचाइ राज्यमन्त्री एवं संविधानसभा सदस्य अमरसिंह पुनको पहलमा रोल्पामा करिब ८५ हजार बराबरको एक सय थान एन्टिजेन किट पठाइएको छ । जिल्लामा समुदाय स्तरमा पुगेको कोरोनाको चेकजाँच गर्न किट रोल्पा अस्पतालमा पठाइएको हो ।

नेपाली कांग्रेस रोल्पाका सभापति समेत रहनु भएका पुनले आफूहरूले उपलब्ध गराएको सहयोगले समुदाय स्तरमा फैलिएको कोरोनाको पहिचान गरि समुदायमा कोरोनाको अवस्था थाहा पाउन मदत गर्ने बताउनु भयो । देशले स्वास्थ्य संकट खेपिरहेकाले कोरोना विरुद्धको लडाइँमा सबै एकजुट हुनु पर्नेमा नेता पुनले जोड दिनु भयो । विज्ञहरूले अवस्था थप भयावह र जटिल बन्न सक्ने चेतावनी दिइरहेकोले सरकारले गम्भीरता साथ राज्यको सम्पूर्ण संयन्त्र कोभिड नियन्त्रणमा लगाउनु पर्ने बताउनुभयो ।
नेता पुनले भन्नुभयो:- ´स्वास्थ्य सामाग्री यथाशीघ्र जनतालाई अनुभुती हुनेगरि सबै ठाउँमा पठाउनुपर्छ । भन्सुन र शक्तिका भरमा अक्सिजन सिलिन्डर लगायत अन्य सामग्री बितरण भईरहेको जनगुनासो व्यापक छ । धेरै जनता रोगसँग लडिरहेका छन् , सम्मान तरिकाले सम्पूर्ण स्थानमा स्वास्थ्य सामाग्री बितरण गर्ने ब्यबस्था गरियोस्` । निति, नियम, संविधानको मर्म एवम् जनअपेक्षा विपरीत चलिरहेको ओली नेतृत्वको सरकारलाई दबाब दिन पार्टीकै लगानीमा पहिलो चरणमा स्वास्थ्य सामाग्री रोल्पा पठाइएको बताउनुभयो ।
समुदाय स्तरमै कोरोना बढिरहेको रोल्पामा अक्सिजन र आवस्यक स्वास्थ्य सामाग्रीको अभावले सङ्क्रमितको उपचारमा समस्या परिरहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. आधार वलीले बताउनु भयो ।