• एउटै दृष्टि, भिन्न कोण
  • Search

निमा बुढाले किन दिइन गंगा माबि चौताराडाडाको प्रअ पदबाट राजिनामा

रोल्पा २०७८ जेष्ठ ११ गते मङ्गलवार

गंगादेव गाउपालिका वडा नं-२ रोल्पा रहेको श्री गंगा माद्यामिक विद्यालय जिनावाङ रोल्पामा प्रधानाध्यापक पदमा कार्यरत निमा बुढामगरले प्रधानाध्यापक पदबाट राजिनामा दिएकी छन। बिद्यालयमा हुने गरेका बिभिन्न काममा नियम बिपरित काम गर्न दवाफ दिएको र यस्तो अवस्थामा काम गर्न नसकिने भन्दै राजिनामा बिद्यालयका अध्यक्ष भूपाल दमाइ समक्ष पेश गरेकी हुन ।

राजिनामा पत्रमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनाैट भएको २ कोठे भवन निर्माणको क्रममा नितिगत निर्णयमा आन्तरिक सेटिङ मिलाउदै बिद्यालयमा नियम बिपरित अध्यक्षले भने बमोजिम निर्णय कागज लेख्न लगाको आरोप छ । बिद्यालयमा काम गर्दा स्थानिय अभिभावकहरुको सल्लाह नसुनि २/४ जनाले बिरोध गर्दैमा केही हुदैन भन्दै काम गर्न दवाफ दिएको र यस परिस्थितिमा काम अगाडी बढाउन नसकिने यदि काम अघि बढेमा स्थानिय अभिभावकको बिरोधका कारण शैक्षिक बातावरणमा राम्रो प्रभाव नहुने हुदा प्रअ पदबाट राजनिनामा दिएको जानकारी गराइन । बिद्यालयको प्रअ पदबाट राजिनामा हटे पनि बिद्यालको काममा बफादार रहि बिद्यालयको हितकालागि सधै बिद्यालयले दिएको अन्य जिम्मेवारी बहन गर्ने ब्यहोरा राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

निमा बुढा गंगादेब गाँउपालिका भित्रको माद्यामिक तहको एक मात्र महिला प्रधानाध्यापक हुन । उनको कार्यकालमा बिद्यालयको शैक्षिक सुधारको बिषयमा अडान लिएर काम गर्दै बिद्यालयमा भएको आर्थिक घाटा र शैक्षिक गतिबिधिलाइ समेत सुधार ल्याएको बताइन ।

केही दिन अघि मात्र गंगादेब गाँउपालिका वडा नं २ का अध्यक्ष तथा बिद्यालय अध्यक्ष समेत रहेका भूपाद दमाइले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको-२ कोठे आर.सि.सि. भवन निर्माणमा क्रममा आन्तरिक गोप्य सहमतिमा सेटीङ मिलाउदै गंगादेव गाँउपालिका वडा नं ५ निवासी देव वहादुर पुनलाई नियम विपरित सिधै ठेक्का दिएको आरोप समेत लागेको छ । बिद्यालय शिक्षक अभिभावक संघ र स्थानियको बिरोध हुदाहुदै आन्तरिक सेटीङको आधारमा नियम बिपरीत भवन ठेक्का दिनकालागि आफनो अनकुलका ५ जना वि.व्य.स. सदस्यलाइ सहमति बनाउदै प्र.अ.लाई जवर्जस्तिरूपा ठेक्का दिने निर्णय, नियम बिपरित ठेक्काको कागज गराइएको र स्थानिय अभिभावकहरुले भवन निर्माणकोलागि बिद्यालयमा छलफल गरि उपभोक्ता समिति, बिद्यालय ब्यवस्थापन समितिले आफै निर्माण गर्ने वा प्रक्रियागत प्रतिस्प्रधा मार्फत ठेक्का दिनुपर्ने आवाज उठाउदा म अध्यक्षले भनेको सबैले मान्नु पर्छ, मैले गरेको निर्णय अन्तिम हुन्छ, नमाने मेरो माथिदेखिको पावर लगाएर भएपनि यो काम गराउछु । अरु कोही बोल्न पाइदैन भनेको केही दिन अघि सामाजिक संजालमा समेत बाहिरिएको थियो ।

यस बिषयमा कुरा गर्न बिद्यालय ब्यवस्थापन समित अध्यक्ष भूपाल दमाइलाइ सम्पर्क गर्न खोज्दा फोन घरमा छोडेर बाहीर गएकोले कुरा हुन सकेन ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष भूपाल दमाइ समक्ष पेश गरिएको राजिनामामा यस्तो लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस