• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्थानिय सरकारका चार वर्ष बिते : अझै फेरिएन मेरो गाँउ

रोल्पा २०७८ असार १ गते मङ्गलवार

लुम्बिनी प्रदेशको रोल्पा जिल्ला गंगादेब गाउँपालिका को वडा नं ६ मा बस्ने धेरै मान्छेहरुको जिवनस्तमा अझै सुधार हुन नसकेको बिषयमा दुइ शब्द लेख्दै छु। चुनावको समयमा बिगतका बर्षहरुजस्तै परिवर्तनका कुरा बोकेर आएका निर्बाचित जनप्रतिनिधिले गाउँ र गाउँलेको अवस्था भने अपेक्षा गरे अनुसार सुधार गर्न सकेका छैनन, चार बर्षको बिचमा गाउको अवस्था अझै उस्ता उस्तै छ। मेरो गाँउ प्रकृतिले भरिपूर्ण भएको आफ्नै छुट्टै विशेषता बिगतदेखि कायम रहदै आएको छ। समुद्र सतह बाट दुई हजार देखि पचिस सय मिटरको उचाईमा अवस्थित मेरो गाँउ प्राकृतिक हिसाबले अत्यन्तै रमणीय र सुन्दर छ। रोल्पा जिल्लाका धेरै भुभाग र सल्यान जिल्लाका केहि भुभागहरु देख्न र अवलोकन गर्न सकिन्छ । खासमा पश्चिम् रोल्पाको सबैभन्दा बिकट गाउँ बस्ती भन्दा खासै फरक नपर्ला।  

हाम्रो छिमेकीका कुरै नगरौ गर्दा नि लाजमर्दो हुन्छ। हेर्नुहोस त आफू हिड्ने बाटोमा रुख रोप्छ बनजङललाई जति सक्यो उत्ति फडानी गर्दै अतिक्रम गर्छन। शिक्षाको कुरा गर्ने हो भनेपनि अवस्था दुखदायी छ। गाउँमा पढे लेखेका मान्छेहरुको संख्या कम छ। उच्च शिक्षा हासिल गर्नेको लागि जिल्ला बाहिर नै जानुपर्छ । प्राथामिक कक्षा सम्मको अध्यन गाँउमा अनि माध्यामिक कक्षा सम्मको अध्ययन गर्न गाँउ छोड्नै पर्छ। गाँउमा शिक्षामा विकास गरि कम उमेरमा हुने बालबिवाह रोक्न अभियान थाल्नु अहिलेको अपरिहार्यता छ।

स्वास्थ्य क्षेत्रमा झन सोचेको जस्तो बिकास भएकै छैन, तै पनि हामिले धेरै गरेका छौ भनेर हाम्रा जनप्रतिनिधि गफदिन छोड्दैनन। आजभोलि प्रत्येक वडामा आधारभुत स्वास्थ्य चौकी स्थापना भएको छन। स्थापना मात्रै भएर के गर्नु संस्थाको स्थर अनुसारको सेवा उपलब्ध हुन सकेको छैन। मात्र पहिलेको भन्दा गाउँबाट स्वास्थ्य संस्थासम्म जाने दुरी मात्रै घटेको महसुस जनतालाई भएको छ । हेर्नुहोस त हाम्रो गाँउमा रहेको स्वास्थ्य संस्थामा प्राथमिक उपचारमात्रै सम्भब छ, राज्यले एक स्थानिय तह एक अस्पतालको अवधारणा ल्याउदा सम्म पनि हाम्रो गाँउपालिकामा त्यसको अत्तो पत्तो छैन। कसैलाई जटिल बिरामी लागेमा जिल्ला बाहिर जानू पर्ने बाध्यता छ।

बिकासमा यातायताको कुरा गरौ । गाउँमा सडक बाटो अझै पुगेको छैन, आजभन्दा एक-दुई बर्ष अगाडि सम्म गाडी चढ्नको लागि करिब ६-७ घण्टा जति हिड्नु पर्ने बाध्यताको दुरि भने अल्लि कम भएको छ। स्थानिय निकायको बजेट उपभोक्ता समितिले झ्वाम पारिहाल्छन । ५० लाखको बजेटले ३ किलोमीटर बाटो खुल्दैन। कमिसनले ग्रस्त गाँउमा अनि सडक कहिले सम्म कहाँ बाट आउछ ?  सञ्चार क्षेत्रको कुरा गर्न हो भने पनि हालत त्यहि छ ।ठाउँ ठाउँमा नेपाल टेलिकमको टावर हुदा पनि राम्रो संग फोन काम गर्दैन। हाम्रो गाउँबस्ती अल्लि अग्लो भु-भागमा छ त्यसैले फोन गर्नको लागी तेत्ती धेरै समस्या भने भोग्नु परेको छैन।

बिधुतको उत्पादनको सम्भावना प्रशस्तै छ तर पनि कुनै जनप्रतिनिधिको र गाँउका अगुवाको ध्यान त्यता गएको छैन । रोल्पा लगाएत देश नै उज्यालो अभियान चलिरहेको छ तर पनि हाम्रो जस्तो दुर्गम बस्तीहरु अझै अध्यारोमा बस्नुपर्न बाध्यता रहेको छ। सौर्य उर्जाको उज्यालो बर्षादको समयमा कसरी बल्छ होला त्यो त तपाइ आफै बुझ्नोस है। अब गरौ खानेपानीको कुरा गाँउमा मुहान प्रशस्तै छन तर खानेपानीको निकै समस्या छ। योजनाहरुको मर्मत सम्भार गर्ने योजना नै छैन। पानी सधै नआउदा छिमेकीले झगडा सुरु गर्छन् न गाउँका छिमेकीले मर्मतको कुरा गर्छ न हाम्रो गुनासो स्थानीय सरकार र प्रतिनिधिहरुले सुन्छन। यस बर्षको केही बजेट हाम्रो गाउँको खानेपानी लगानी गरिदिन स्थानीय सरकारलाई मेरो अनुरोध छ।

यहाँका मानिसहरूले धेरै दुखदायी जीवन बिताउदै छ्न, कडा परिश्रम गर्दा पनि बर्षभरि परिवार पाल्ने अन्नबालि जुटाउन कठिन छ। भिराइलो नमेलेको जमिनमा गरिने बारीमा उत्पादन धेरै हुदैन। उत्पादन पनि कसरी होस उत्पादनको लागि प्रयोग गरेको प्राङ्गारीक मल बर्षादको समयमा बगाएर लैजान्छ । कुनै बर्ष प्राकृति प्रकोप जस्तो बिपत्तिले मार्छ भने कुनै बर्ष बारीको नजिक जङ्गल हुनाले बादर आएर सखाप पार्छ । आम्दानीका अन्य कुनै स्रोत नहुदा बिदेशिनु पर्ने यहाँका युवाहरूको बाध्यता छ। यहाँ उत्पादन/उत्पादित हुने मुख्य बालिहरुमा मकै,गहुँ र जौ रहेको छ भने यहाँ मानिहरुले पाल्ने भनेको गाई ,भैंसी ,गोरु कुखुरा रहेका छ्न भन्ने आम्दानीको स्रोतको रूपमा वैदेशिक रोजगार र ज्याला मजदुरि रहेको छ । कृषि परम्परागत तरिकाले गदै आएको र उत्पादनको लागि प्राङ्गगरि मलको प्रयोग गरेको पाइन्छ । यहाँ कृषिमा आधुनिकरण गर्ने आवश्यक छ। युवाहरुलाई कृषिमा आधारित सिपमुलक तालिमको आवश्यक छ।

लेखक गंगादेब गाउँपालीका ६ रोल्पा निबासी हुन

प्रतिक्रिया दिनुहोस