• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव गाँउपालिकाको बजेट बिनियोजनमा मेरो सुझाव

रोल्पा २०७८ असार ८ गते मङ्गलवार

आज एका बिहानै फेसबुक खोले । फेसबुकको अग्र भागमा गंगादेब गाँउपालिकाको नाममा खोलिएको अबैध फेसबुक एकाउन्टबाट गाँउपालिकालाइ सुझाव मागेको स्टाटस पढ्न पाए । केही दिन अगाडी सामुदायिक रेडियो मालाश्रीमा गाँउपालिका अध्यक्षले अन्तरबार्ताको समयमा  “फेसबुकमा लेख्नेहरुको बिश्वास गर्दिन” भनेको बाक्याम्स याद आयो । यो स्टाटस हेरेपछि एक छिन अचम्मित पनि भए । मनले मानेन थोरै त्यही प्रसंगलाइ जोडेर कमेन्ट पनि गरे । केही समय सोचे, उहाँले आफुमा भएको कम्जोरी स्वीकार गरेर सुझाव माग्नु नै भएको हो भने, बिगत ४ बर्षमा दिन नपाएको सुझाव उपलब्ध गराउनु बुद्दिमानी हुने निर्णय गरे । यति खेर फेसबुकमा लेखे जस्तो कमेन्टमा मागे जस्तो म कुनै योजना माग्ने पक्षमा मनसाय नै बनेन।

 बितग चार बर्षको कार्यकालमा गाँउपालिकामा के कति काम भए त्यसको समिक्षा गर्न केलाउन थाले। यसै समयमा मेरो मनमा सयौँ प्रश्नहरु खडा भए। गाँउपालिकामा गरेका कामको अवस्था देख्दा उही पुरानो शैलीमा प्राप्त बजेटलाइ सेटीङको आधारमा खर्च गरेको मात्र महसुस भयो। बिनियोजित बजेटबाट सम्पन्न कामको दिगोपनाको कुनै पनि  योजना र आधार नभएको महसुर गरे। गाँउपालिकाको सेवा प्रवाह र सुशासनमा थुप्रै प्रश्न चिन्ह भएको महसुस गरे। हुन त यि सुझावहरु मैले पहिले नै दिनु पर्ने थियो होला। यसरी बिगत ४ बर्षमा गाँउपालिकाबाट सुझाव माग्ने कोसिस पनि गरिएन। निर्वाचित जनप्रतिनिधिले पार्टी संगठनको सुझाव लिने प्रसंग कहिले पनि उठेन। सुझाव दिने कुरै छोडौँ उल्टो राजनितिले हामीलाइ समय अनुसार अन्धो पनि बनाएको रहेछ। त्यो बेला जे गरे पनि राजनितिक सहयोद्दाको नजरम गरेका सबै काम ठिक लागेछ। त्यहि अन्धोपनको सिकार भएर हाम्रो गाँउपालिका ध्वस्त नै भइसकेको पत्तै पाएन छौ। अहिले स्थानिय तह निर्बाचनको पाचौ वर्षको प्रारम्भमा मात्र थाहा भयो कि हामिले रोजेका मान्छेले साच्चिकै हामीले सोचेको जस्तो काम गरेका रहेनछन। आजभोली निर्वाचित प्रतिनिधिको ब्यवाहार आचारण देखेर भन्न मन लाग्छ अमृत रोपेको बिष बृक्ष फले छ।

निर्वाचित जनप्रतिनिधिहरुले एक पटक सोच्नुहोस त, कृषि उत्पादनमा लगानी त गर्नुभयो अब त्यसको बजार ब्यवस्थापनकोलागि केही गर्न सक्दैनौ ? के पेशा ब्यसायमा लागेका सुजिकारलाइ स्ट्याण्डर तालिम दिन सक्दैनौ ? के सिकर्मि, डकर्मि, सुजिकार, आरने दाइकोलागि संघियता आएको हैन ?  के उनिहरुको अधिकारको बारेमा कुरा उठाउनु पर्दैन ?  के उनिहरुले तपाइहरुलाइ मतदान गरेका हैनन ?  के उनिहरुको जिवनस्थर सुधारहुनु पर्दैन  ?  गाँउमा यूवाहरुकोलागि रोजगारी सृजनाहुने कुनै काम गर्न सकिदैन ?  समाजको हितमा काम गर्ने यूवा क्लब, समुहहरुलाइ प्रोत्साहन र नेतृत्व बिकास गर्ने उपाय छैन ?  यि सबै प्रश्नको उचित उपायहरु अवश्य पनि छन मात्र निति निर्माण र कार्यान्वयनको खाँचो छ।

गाँउपालिकाको नाममा रहेको अबैध फेसबुकको सुचनालाइ आधार मानेर म सुझाव दिन तयार भए  तर अझै पनि म बिश्वस्त हुन सकिरहेको छैन कि हामीहरुले दिएका सुझावहरुलाइ आधार मानेर योजना निर्माण होलान र कार्यान्वयन होलान भन्नेमा। गाँउपालिकालाइ लागेकोहोला कुनै बिकासका योजना मागिदिए हुन्थ्यो कि भनेर। अँ हँ योजना तर्जुमाका चरणहरु बाट बाहिर गएर गरिएको अनुरोध ब्यर्थ हुनेछ भन्नेमा म बिश्वस्त छु। योजना माग त टोल भेला र वडा भेला बाट आएकै होला। तसर्थ मैले तपाइहरुले महसुस गरेजस्तो राहतमुखी योजना तथा बजेट माग्ने पक्षमा छैन । निति नियम कार्यबिधि  बिनाको कुनै बजेट र योजनाको काम छैन। मेरो सुझाव नितिगत रहने छ। ति नितिहरुलाइ अवलम्बन गरेर योजना बनाउनुभयो भने केही परिवर्तनको आभाष भने पक्कै हुनेछ।  

यदि लेखकको सुझावलाइ ग्रहण गर्नुहुन्छ भने मेसिन प्रयोग गरि जनप्रतिनिधिहरुको चुनावी खर्च व्यवस्थापन हुने योजनाहरु लिस्टबाट आजै हटाउनुहोस। झिना मसिना योजनाहरुमा राहातमुखी बनाएर लाखौ रकम खर्चिने जस्ता काम संघीयताको मर्म बिपरित नगर्नुस। संघियता कार्यान्वयनको शैली र प्रकृति सुधार गर्नुहोस।  साथै निम्न नितिगत ब्यवस्थालाइ अवलम्बन गर्नुहोस ।

  • गाँउपालिका भित्रको कृर्षि उत्पादन कृषकहरुलाइ उचित लाग्नेगरि सबै किसानले एउटै मूल्य पाउने सुनिश्चित गर्न ठोस योजना ल्याउनुहोस ।
  • उपभोक्ता समितीको सक्रियतामा मोटरबाटो निर्माण गर्न डोजरको प्रयोगलाइ निरुत्साहित गर्न निति निर्माण गर्नुहोस ।
  • निर्माण गरिएका मोटरबाटो स्तर उन्नति गरि बाह्रै महिना नियमित चल्ने दिगोपना सहितको योजना बनाउनुहोस।
  • गाँउ गाँउमा रहने यूवाहरुलाइ स्वरोजगार हुने निति र योजना ल्याउनुहोस।
  • गाँउ गाँउमा स्वरोजगार भइ प्रत्यक्ष काम गरिरहेका सिकर्मि र डकर्मि दाइलाइ थप तालिम र प्रोत्साहनको योजना बनाउनुस ।
  • आरनमा कामगर्ने आरनेदाइको आरनलाइ उध्योगमा परिणत गरि ब्यवसाहिकरुपमा रुपान्तरण गर्न योजना बनाउनुहोस।
  • सुजिकार दाइको सिपको बिकास गर्न थप एड्भान्स स्ट्याण्डर तालिमको योजना बनाइ ब्यवसाहिक बनाउन प्रेरित गर्नुहोस।  
  • दुधको उत्पादन, दूधको बजार ब्यवस्थापन र प्रसोधनकोलागि योजना बनाउनुहोस ।  
  •  युवाहरुलाइ गाँउमै रोजगारी सृजना गर्न बजेट प्रस्ताव गर्नुहोस,
  • उद्योग स्थापना, रोजगारीको बृद्दि र उत्पादनको क्षेत्रमा लगानी योजना बनाउनुहोस,
  • यूवा क्लबका भाइबहिनि र  बिभिन्न समुहहरु सक्षम नेतृत्व विकास गर्न स्पस्ट योजना बनाउनुहोस ।  
  • प्रर्यटन विकासकोलागि प्रर्यटन बिकास गुरुयोजना निर्माण गर्नुहोस ।
  • निर्माण गरिने सबै किशिमका बिकासे योजनामा दिगोपनाको आधार सुनिश्चित गर्नुहोस ।

मैले मेरा जन प्रतिनिधिहरुबाट यस्तै सपनाहरु देखेको छु। मैले मेरो गाँउपालिका लाइ बिवादमा रमाउने हैन सम्बृद्दमा सजाउने महसुस गर्छु। यि र यस्तै बिचार र भावना सबै गाँउपालिका बासीका छन । उचित सुझावहरुलाइ कदर गरि गाँउपालिकाको बिकासमा योगदान इट्टा थपिने आशा गरेको छु। नत्र पञ्च बर्षिय जागिर खाने खेल मात्र हो भन्नेमा म बिश्वस्त छु ।  

जय स्थानिय सरकार !!

प्रतिक्रिया दिनुहोस