तुलसीपुर उपमहानगरपालिका र पारिवारीक निजी वन संघ दाङले किसानहरुलाई कागतीका विरुवाहरु वितरण गरेको छ ।

पारिवारीक निजी वन संघमा आवद्ध किसान समूहलाई तुलसीपुरमा एक कार्यक्रमको आयोजा गरेर तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र पारिवारीक निजी वन संघका केन्द्रीय उपाध्यक्ष मेघराज भुसालले संयुक्त रुपमा विरुवा हस्तान्तण गर्नु भएको हो ।
सो अवसरमा वडा नं १, ३ र ४ का किसानहरुलाई एक हजार विरुवा विरुवा वितरण गरिएको संघका दाङ जिल्ला अध्यक्ष पदम केसीले जानकारी दिनुभयो । यसैविच सोही किसान समूहलाई एक हप्ताभित्र टिमुरका ६ हजार विरुवा वितरण गर्ने तयारी पनि गरिएको छ ।