• एउटै दृष्टि, भिन्न कोण
  • Search

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस नतिजा ?

काठमाडौ २०७८ असार २३ गते बुधवार

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज बुधबार बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । ग्रोलाप्रथाबाट आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेकाछन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाए । त्यस्तै बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै अर्थात् १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली भएको छ ।

आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने बिक्रि प्रबन्धकले जनाएको छ । आईपिओको नतिजा www.iporesult.cdsc.com.np मा गएर वा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलजिवन विकास लघुवित्तको वेबसाइट बाट पनि हेर्न सकिने छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस