प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका छन्
प्रधानमन्त्री देउवाले खुमलटारमा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझेका छन्। ‘प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुग्नुभएको हो। पार्किन्सन् रोगका कारण लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्छ’,दाहालका प्रेस विज्ञ विष्णु सापकोटाले भने
खुमलटारमा दुई नेताहरुबीच वार्ता चलिरहेको स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका थिए।
भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीतिक घटनामाक्रमबारे छलफल भएको बुझिएको छ। मन्त्रिमण्डल विस्तारमा पनि नेता दाहाल र देउवा छलफल गरिरहेका छन्।