• एउटै दृष्टि, भिन्न कोण
  • Search

बिशालले गरे क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरण

सिन्धुपाल्चोक २०७८ साउन १५ गते शुक्रवार

क्यान्सर पिडित सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा न ४ निवासि गंगा सापकोटा लाईआर्थिक सहयोग प्राप्त भएको छ ।

लामो समय देखि क्यान्सरको कारण जीवन र मृत्यु सँग लडिरहेकी सापकोटालाई नेविसंघ सानोठिमी क्याम्पसका विधार्थी नेता एबं समाजसेवी बिशाल अधिकारीको हातबाट २ लाख २० हजार १ सय ७४ रकम हस्ताणतरण गरिएको हो । सहयोग हस्तान्तरण गर्दै अधिकारीले उहाको दुखमा मलम लगाउने प्रयास भएको र उहाको पिडा लाई आफ्नो पिडा सम्झेर सबैले सहयोग गर्नुपर्ने बताए ।

सो सहयोग रकम देश तथा बिदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले पीडित सापकोटालाई दिनु भनेर विशाल अधिकारीको बुबा बखत बहादुर अधिकारीको नाममा पठाइएका थिए । उक्त रकम आज अधिकारीले क्यान्सर पीडित सापकोटालाई हस्ताणतरण गरेका हुन।

प्रतिक्रिया दिनुहोस