• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनीका मुख्यमन्त्री ले फिर्ता पठाए सुरक्षाकर्मी

बुटवल २०७८ भाद्र १ गते मङ्गलवार


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी ले सुरक्षामा कटौती गरेका छन्। स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका छन् ।

मुख्यमन्त्रीको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्रहरी टोलीलाई के.सीको निर्देशनमा फिर्ता पठाइएको हो ।
मुख्यमन्त्री कार्यालयका अनुसार यसअघि मुख्यमन्त्री शंकर पोखरेलले स्कटिङमा १४ जना सुरक्षाकर्मी प्रयोग गर्दै आएका थिए । खटिएका सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीको सात जनाको ‘अगुवा’ र सशस्त्र प्रहरीको सोही संख्यामा ‘पछुवा’ थिए । ती सुरक्षाकर्मीहरु मुख्यमन्त्री के.सीले पदभार ग्रहण गरेसँगै हटाएका हुन् ।
मुख्यमन्त्री के.सीले जननिर्वाचित प्रतिनिधि जनतामा जाँदा असुरक्षाको महसुस गर्नुपर्ने अवस्था नरहेको बताए । उच्चपदस्थको सुरक्षाको नाममा अनावश्यक जनशक्ति खटाउँदा जनसुरक्षामा असर पर्ने उनको भनाइ छ ।
अहिले प्रदेश सरकारले सुरक्षाकर्मी परिचालनमा नयाँ कार्ययोजना बनाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस