• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्थानिय तहमा राजनितिक कलह: रोजगारीका अवसरहरुमा राजनीति प्रभाव

रोल्पा २०७८ भाद्र ९ गते बुधवार

एक साता अगाडी फेसबुकमा निकै चर्चामा आएको बिषय हो, स्थानिय तहले जागिरको प्रलोभन देखाउदै पार्टी प्रबेश गराउने र जागिर खानालाइ गाँउपालिका अध्यक्ष भएकै पार्टीको आस्थावान हुनुपर्ने, सामाजिक संजालमा छाएका यि बिषयमा म केही सोच्न बाध्य भए र दुइ शब्द नलेखी मनले नै मानेन ।

मानव जिवनमा बाच्नका लागि केही न केहि सङघर्ष गर्नैपर्छ, समय र परिस्थिति अनुसार आफुलाई परिवर्तन गर्न चुनौतीहरुको सामना गरेर अगाडि बढ्छ त्यो मान्छेहरु बिजय हुन्छन्। समय अनुसार चल्न नसक्ने, नबुझ्ने सबै पछाडि पर्छन। पृथ्वी जगतमा जीवन निर्वाहका लागि हरेक प्राणीले आ-आफ्नो कर्म निभाएकै हुन्छन पनि, मानव समुदायमा जीवन निर्वाहका लागि गरिने कुनै न कुनै इलम अर्थात कामलाई रोजगार पनि भन्छौ।  नेपालमा जो कोही ब्यक्ति रोजगार बिना बस्नु रहर होइन बाध्यता बनेको छ। रोजगार नहुदाको अप्ठ्यारो वा बेइलमको असजिलो अवस्था र काम नपाउदाको कठिनाइ धेरैलाई थाहा नै छ।

नेपालमा जनसंख्या दिन प्रतिदिन बढदै गएको छ भने बिरोजगारीको समस्या दिनहु जटिल बन्दै गएको छ। रोजगारीको लागि विदेशीभुमिमा जानैपर्न बाध्यता छ। धेरैलाई बाध्यता र कतिपयलाई रहर पनि छ। बिदेशिएका दाजु, भाई, दिदि, बहिनीहरुको पनि आ-आफ्नै अनेकौं पिडा अनि समस्या छन। कतिलाई दलालले ठगेको छ भने कतिलाई आफ्नै भाग्यले ठगेको छ त्यसैले धेरैले बिदेशी भुमिमै ज्यान गुमाउनु परेको तितो यथार्त हामी सामु छ। अर्को तिर बिरोजगारीका कारण काम र मामको खोजीमा विदेश पसेकाहरु केहिको पारिवारिक स्थिति भताभुङ भएको छ। यस बिषयमा कतिपय युटुब पत्रकारलाई भने घर घरमा पसेरै भिडियो बनाउन सजिलो भएको छ। यस्तै पिडाले परिवारमा निराशा छाएको छ भने गाउँघर सुन्ने भएको छ। बुढा, बा आमालाई गाउँघरमा हलोकिलो गर्ने कठिनाई छ, छोराछोरीलाई विदेशीभुमिका पसिना बनाउन ठिक्क छ।

कृषिप्रधान भनेर नामकरण गरिएको मेरो देश न अहिलेसम्म नत उत्पादनको स्तर वृद्धि भएकोछ नत उत्पादन बढाउन कोही कसैले चासो राखेको देखिन्छ खाली सरकारले कृषि कर्जा र अनुदान दिने कुरा मात्रै गर्छ। त्यही माथि पनि उक्त अनुदान कस्ले पाउछ-पाउछ, वास्तविक किसानहरुको आफ्नै पिडा छ। किसानले बर्षभरी दुख गरेर उत्पादन गर्छ तर बिचौलियालाई कमाउन ठिक्क छ। उत्पादन गर्ने किसानलाई बजार ब्यवस्थापन गर्ने कठिन अवस्था देखिन्छ। देशमै केहि गर्ने उदेश्य बोकेर कृषि प्राबिधिक पढेका धेरै बिद्यार्थिको स्थिति बिजोग छ। राजनीतिक अस्थिरता, सामाजिक भेद तथा जातीय र लैङ्गकि असमानता रहेकोले शैक्षिक बिरोजगार झन बिकराल बनेको छ। पढेलेखेका भन्दा पहुँच हुनेहरुले सरकारी जागिर पाउने प्रणाली यथावत छ। तिनै तहका सरकारका जनप्रतिनिधिहरुलाई आ-आफ्ना मान्छेहरु भर्ती गर्ने ठिक्क छ। गरिब दुखिका छोराछोरीलाई काम खोज्दा खोज्दा वाकदिक्क छन। न चिनजान छ, न आफ्नो मान्छे छ। धनीमानी हुनेखानेको छोरा अहिले अमेरिकामा, अस्ट्रेलिया छन, नहुनेको सन्तान छिमेकी मुलुक भारतमा छ, विभिन्न खाडिमुलुकमा छन।

हाम्रो नेपालमा खासमा स्वदेशमै राजनितिक नियूक्ति कस्ताले पाउछन्?  यो बिषयमा पनि सबै परिचित नै छन। कुनै एउटा पार्टीको पुच्छर, नेताको नजिकको प्रतिनिधिको पात्र भएमा मात्र करार जागिर सुनिश्चत छ। योग्यता, क्षमता भएकोले त्यो अवशर पटक्कै पाएका छैनन। जनताको काम गर्छौ भनेर कशम खाएका जनप्रतिनिधि र लोक सेवा आयोग पास गरेर आएका कर्मचारीले करार कर्मचारी भ्रणा गर्दा स्वच्छ प्रतिस्पर्धा गराएर योग्य र सक्षम ब्यक्ती नियुक्ति गर्नुपर्ने होइन र?  यसरी राजनीतिककै अधारमा रोजगार दिने र नियुक्ति गर्ने हो भने यहाँ योग्यता क्षमताको अर्थ के रह्यो र? जहाँ काम पाउनको लागि माओवादीले जितेको क्षेत्रमा माओवादी मात्र, काङ्ग्रेसले जितेको क्षेत्रमा काङ्ग्रेस, एमाले जितेको क्षेत्रहरुमा एमाले आदि पार्टीले जितेको क्षेत्रमा त्यही पार्टी बन्नुपर्छ भने यो कस्तो बिडम्बना हो। योग्यता क्षमताको मुल्यांकन नै नगरेर रोजगार पाउनलाई कुनै पार्टीको झोले बन्नुपर्ने स्वतन्त्र भएर आफ्नो क्षमता योग्यता देखाउन नपाईने, आफ्ना कार्यकर्तालाई मात्रै कर्मचारीकारुपमा भर्ती गर्नुपर्ने, दक्ष जनशक्तिको मुल्यांकन नै नहुने यो कस्तो समाजिक सेवा हो?

एकपटक तपाई आफै मुल्यांकन गर्नुस् त हाम्रा देशका विभिन्न राजनीतिदलका प्रतिनिधिहरुले गरेका काम कार्यहरू हेर्नुस् उनले जितेको क्षेत्रहरुमा बुझ्नुहोस गएर हेर्नुस् उनका क्रियाकलाप छर्लङ्ग छन। त्यसैले यो प्रणाली विरुद्ध हामी सबै सशस्क्त भएर बास्तविकता सबै सचेत नागरिकका बिच लिनु पर्ने भएको छ। रोजगारीमा राजनीति पावर पहुँचहुनेहरुकालागि मात्र होइन, योग्यता क्षमताका आधारले दिनुपर्छ र पाउनुपर्छ त्यसैले यस्तो गलत प्रबृत्तिको विरुद्ध सबै एकजुट भएर सचेतना जगाउनुपर्छ। कुनै पार्टीको झोले बनेर करार जागिर खाने होइन, योग्यता, क्षमता, दक्षताका आधारमा सेवा अवशर पाउनुपर्छ। योग्यता, क्षमता भएका तर कुनैपनि दलको पार्टी सदस्य अर्थात आस्था नभएकै कारणले काम गर्ने अवसर नपाउने र योग्यताको कागज बोकेर क्षमता बिहिन कुनै पार्टीको पार्टी सदस्य भएकाले मात्र जागिर पाउने कुरा सरासर गलत हो। यस्ता सामजिक अपराधिक प्रबृतिको अन्त्य हुनुपर्छ। खुला प्रतिस्पर्धामा योग्यता प्रणाली अनुसार जागीर खान सक्ने हैसियत भएका जुनसुकै दल वा पार्टीका सदस्यले सहज रुपमा जागिर खान पाउनु पर्छ। यस्तो प्रबृति केन्द्र बाट स्थानीय तह सम्म नै देखिएकोहुनाले यो परिपाटी हटाउनु पर्छ यस्तो गलत राजनीतिक संस्कारलाई त्याग्दै सुसज्जित राजनितिक संस्कारलाइ अगाल्नु पर्छ। एक साता अघि आलोचित बनेको बिषय साचो हो भने हाम्रो गाँउपालिकालाइ यस बिषयमा पनि चेतना भया ।

प्रतिक्रिया दिनुहोस