
बंगलाचुली गाँउपालिकामा पिउने पानीको गुणस्तर परिक्षण शिविर संचालन गरिएको छ । पानी परिक्षण सेवा संचालनको जानकारी दिनु साथै बर्षातको समयमा पानीको स्रोत फोहोर भएको हुनसक्ने भएकाले संभावित महामारी कम गर्न पानी परिक्षण शिविर संचालन गरिएको हो ।
ल्याव टेक्निसियन प्रतिक देबकोटकका अनुसार पानीमा रहेको कोलिफर्म, हार्डनेश, आइरन, नाइट्रड, पि.एच, एमोनिया, क्लोराइड, फ्रिक्लोरिन, तापक्रम र फस्फोरस गरि १० प्रकारका परिक्षणको नतिजा दिन सकिने बताए।

गाँउपालिका भित्र सर्बसाधारण सबै जनतामा शुद्द पानीको पहुच बृदृ गर्ने उध्यश्यकासाथ पानी परिक्षणको लागि ५ ठाउमा ल्याव संचालनमा ल्याएको गाँउपालीका अध्यक्ष भक्तबहादुर वलीले बताए। ल्याव स्थापना, जनशक्तिलाइ तालिमको ब्यवस्था भइसकेकोले अव निरन्तर सशुल्क पानी परिक्षणको सेवा दिन सकिने छ।
बंगलाचुली गाँउपालीका मात्र नभएर पानी परिक्षणको सेवा लिन चाहाने पाएक पर्ने जो कोहीले सेवा लिन सकिने स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले बताए । उनका अनुसार पानी परिक्षणकोलागि प्राथामिक स्वास्थ्य केन्द्र स्यूजा बंगलाचुली अस्पताल लोहारपानी स्वास्थ्य चौकी हाँसीपुर स्वास्थ्य चौकी र ठुलोपधेरा ग्रामिण सामुदायिक सौर्य खानेपानी तथा सरसफाइ उपभोक्ता समिती सम्पर्क गरि सशुल्क सकिने जानकारी दिए ।

बंगलाचुली गाँउपालिकाको समन्वय नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको सहजिकरणमा बंगलाचुली अस्पताल मा १ दिने पानी परिक्षण शिविरको आयोजनामा सम्पन्न गरेको हो ।