• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाली काङ्ग्रेस गंगादेव ३ को वडा अधिवेशन सम्पन्न ,वडा सभापतिमा ओली

रोल्पा २०७८ भाद्र २४ गते बिहिवार

नेपाली काङ्ग्रेसको १४ औ अधिवेशन अन्तर्गत रोल्पा जिल्लाको गंगादेव गाउपालिका ३ नम्बर वडाको अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट वडाको सभापतिमा तीर्थराज ओली चएन भएका छ । उपसभापतिमा मोहनलाल ओली, खकेन्द्र बहादुर केसी, सचिवमा पशुपति केसी,चुडामणी डाँगी, सह सचिवमा सोभाराम केसी,निर्मल ओली सहित २१ सदस्यहरु निर्विरोध चएन भएका छन।

त्यस्तै क्षेत्रीय प्रतिनिधिमा प्रेम बहादुर डाँगी, कुल बहादुर केसी, दिनेश बहादुर डाँगी, दिपेन्द्र बहादुर डाँगी, पाण्डव केसी, पूर्ण बहादुर केसी महिला तर्फ महिला तर्फ पवित्रा ओली,अमृता केसी, ईश्वरी खत्री चएन भएका छन ।

समावेशीमा खस आर्य महिलाबाट गीता ओली, भीमा केसी,पुरूषबाट इन्द्र बहादुर खत्री, मस्त बहादुर डाँगी,आदिवासी जनजातीबाट नारायण बुढा,दलितबाट पोखर राज बिक र अपाङ्गबाट नोखी कुमारी खत्री क्षेत्रीय प्रतिनिधि चएन भएको निर्वाचन अधिकृत कमल प्रकाश हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस