• एउटै दृष्टि, भिन्न कोण
  • Search

यी हुन साप्ताहिक र दैनिक चार्टमा बुलिश र बियरिश भएका समुहहरु

काठमाडौ २०७८ असोज ९ गते शनिवार

यस साताको अन्त्यमा नेप्से परिसुचक पछिल्लो हप्ताको अंकबाट ०.२६% को वृद्धिसँगै २८१९.६६ अंकमा कायम रहेको छ भने कारोबार खुम्चिएर करिब ३० अर्बको भएको छ।

गएको दुई साता झैँ यस साता पनि बैंक वित्तिय संस्थाहरुको निक्षेप र कर्जा प्रवाहमा वृद्धि आएको छ। गएको १ सातामा बैंक वित्तिय संस्थाहरुको निक्षेप रु.२३ अर्बले बढेको छ भने कर्जा प्रवाह रु.३१ अर्बले थप विस्तार भएको छ। अघिल्लो साता बैंक वित्तिय संस्थाहरुको निक्षेप रु.१६ अर्बले बढेको थियो भने कर्जा प्रवाह रु.२९ अर्बले थप बिस्तार भएको थियो। यो साता “क” वर्गका वाणिज्य बैंकहरुको मात्र निक्षेपमा रु.२० अर्बको वृद्धि आएको छ भने कर्जा रु.२७ अर्बले विस्तार भएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म बैंक वित्तिय संस्थाहरुले रु.४,७२४ अर्ब निक्षेप सङ्कलन गरी रु.४,३६८ अर्ब कर्जा प्रवाह गरेका छन्। निक्षेप सङ्कलन र कर्जा प्रवाहको हिस्सामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको क्रमश ८८.४६% र ८९.०७% स्वामित्व रहेको छ भने बाँकी हिस्सा ‘ख’ वर्गका बिकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरुको रहेको छ।

यो हप्ता मासिक चार्ट्मा सबै समुहहरु बुलिश छन। साप्ताहिक चार्ट्मा भने बुलिश करेक्सन भएको बजारमा गएको हप्ता जस्तै ४०% प्रतिशत समुहहरु कोहि साईड्वोएज छन त केहि बियरिश। त्यस्तै, डेलि चर्ट्मा भने उत्पादन समुह साईडवोएज छ भने बाँकी सबै बियरिश छन।

प्रतिक्रिया दिनुहोस