• एउटै दृष्टि, भिन्न कोण
  • Search

शिक्षकको चिन्ता विद्यार्थी माथि, इन्टरनेटको दुनियामा इन्टरनेट नै घाती

रोल्पा २०७८ असोज १६ गते शनिवार

नेपाल एक भू–परिवेष्टित राष्ट्र हो । नेपाल हिमाल, तराई, पहाड, उपत्यका बनजङ्गल, नदिनाला, ताल तलैया, झरणा आदिले भरिपूर्ण राष्ट्र हो । यस्तो भौगोलीक बिकटतालाई छिचोल्दै आधुनिक प्रविधिले छलाङ मार्दै आएको छ आज एक भोली अनेक हुदै हिजो र आजमा धेरै फरक छ । यसरी विकासले छलाङ मार्दै जानु देश र जनताका लागी फाइदा जनक नै छ र सुचना सञ्चारले पनि धेरै फड्को मार्दै छ , हात हातमा फाइल बोक्ने कार्यलय धाइराख्नु पर्ने अवस्था कम हुदै इमेल इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ । कोरोना जस्तो विषम परिस्थिमा पनी विद्यार्थीहरुले घर घरमै पढ्ने व्यवस्था पनि आयको छ यो सबै इन्टरनेटको प्रयोग बढ्दै गइरहेकोले कारण भएको हो ।

इन्टरनेटको प्रयोग त बढ्दै गइरहेको छ तर कुनमा भइरहेको छ ? के मा भइरहेको छ ? कसरी भइरहेको छ ? कुन कामका लागी भइरहेको छ ? इन्टरनेटको सदुपयोग मात्र नभएर दरुपयोग पनी भइरहेको छ कि ? हामी सबैले मनन् गरौ र फर्केर हेरौ त कुनै सरकारी कार्यलयमा १०–५ समयमा टिकटक बन्दै छ कि ? टिकटक बनाउदा बनाउदै कार्यलय जान ढिलाइ भएको छ कि ? सेवा ग्राहिले सेवा पाएनन् कि ? कुनैको यात्रा ढिलो भयो कि ? खेती बारीको काम काज मा ढिलाइ र अवरोध भयो कि ? गाई बाख्रा बनजङगल लादा हरायो वा बारीमा पसेर वाली खाइदियो कि ? सामाचार बन्नुको सट्टा टिकटक बन्दैछन कि ? कुनै बिरामी छटपटाइ रहेको छ कि ? यस्ता यावत कुरामा हामिले फर्केर हेर्न जरुरत छ ।

आजको आधुनिक युगमा मोबाइल, ल्यापटप, कम्प्युटर हरुमा बिभिन्न एपहरुको बिकास भएको छ ति मध्य एक हो अनलाइन खेल यस्ता खेलहरुमा २०–२५ वर्ष उमेर समुह भन्दा कमका बालबालीकाहरुले खेल्ने गरेको देखिन्छ । आजभोली जन्मिने बच्चाहरु पनि आधुनिक पाराले नै जन्मियको हो कि म ठान्द छु किनभले मैले देखेको छु रुदै गरेको २ महिनाको बच्चालाई मोबाइल दिए रुन बन्द हुन्छ ६ महिनाको ले खोल्न बन्द गर्न थाल्दछ, २ वर्ष पुगेपछी उ अनलाइन खेलको कुरा गर्न र खेल्न पनी थाल्दछ, थहाछैन उसलाई आफ्नो भविष्यको वारेमा, खाना खाने समय, पढ्नुपर्ने कुरा, चिन्दैन आफन्त र छर छिमेक केवल उ अनलाइन खेलखेल्दै एकान्त ठाउमा छ खेल खेलि राखेको छ, बाबा आमा टिकटकमा व्यस्त यतिहुदा बच्चाले के सिक्दछ के चाहान्छ आज मोबाइल होस भोली मोबाइलमा राख्ने रिचार्ज होस् र म अनलाइन खेल खेलु तर पैसा छैन के चोर काम गरौ त ? साथिले खेलेको देख्छ उसलाई नि खेल्न मन लाग्छ र उ जवरजस्ती गर्न वाध्य हुन्छ । जसोतसो मोवाइल पायो, लाग्यो अनलाइन खेल तिर विद्यालय जान्छ किताब हैन मोवाइल लगेर शिक्षकले सोध्नुहुन्छ किताब खै ? उ भन्छ विर्सियो त्यतिकैमा शिक्षकले पढाउदै गरेको टिकटक बनाउन खोज्छ शिक्षक मोबाइल देख्नुहुन्छ , खोसेर लिनुहुन्छ , के लिनु अर्काको सम्पती घरजादा भोली मोबाइल नल्याउ है भन्नुहुन्छ, घरमा खबर पुर्याउनु हुन्छ तर सदाबहार दोहोरी रहन्छ विस्तारै अनलाइ खेलले गर्दा साथीको लह लहै ले विस्तारै पढ्न छोड्छ बाटो बाटोमा बसेर मोबाइलमा खेल खेल्छ आफु संगको साथी धेरै पढ्ने भैसकेको हुन्छ उ अनलाइन खेलमा नै व्यस्त हुन्छ तर उता बाबा आमा छोरा विद्यालय गएको छ भन्ने ठान्छन छोरा पढ्न विर्सिसकेको हुन्छ यस्तै हुदाहुदा उ कुलतमा पनि फसिसकेको हुन्छ यस्तो क्रियाकलापलाई सुधारमा ल्याउन के गर्ने ?

यस्तो क्रियाकलापलाई सुधारमा ल्याउन अभिभावकको ठुलो भुमिका छ । अभिभावकले खोज तल्लास गर्नुहोस, मोबाइल, ल्यापटप, कम्प्युटर, ट्यावहरुमा अनलाइन खेल राख्दै नराखिदिनुहोस् । टिकटक, पब्जी, फ्रीफायर जस्ता एपहरु बन्द गर्नु सरकारको पनी भुमिका छ सरकारले चाहेपछी हुन्छ । अर्को पक्ष इन्टरनेट कम्पनीहरुले टिकटक, पब्जी, फ्रीफायर जस्ता एपहरु बन्द गर्नुपर्ने तर किन गर्नु इन्टरनेट कम्पनीहरुलाई यस्तै एपबाट फाइदा हुन्छ । तर के भन्न चाहान्छु भने म सबै बच्चमको गुरु हुँ, अभिभावक हुँ , र सामाजिक सेवा र सेवा ग्राही पनि हुँ त्यसैले आजको युगमा सहि तरिकाले इन्टरनेटको प्रयोग हुनुपर्दछ ज्यादथी र वेतिथीले अगाडी बढेपछी हामी खाल्डोमा पर्छौ त्यसैले सरकारलाई यस्ता एपहरु बन्दगर्न अनुरोध गर्दछु ।

आजको बच्चा भोलीको देश निर्माता
बच्चाको भविष्य हाम्रो स्वमित्वाता

प्रतिक्रिया दिनुहोस