• एउटै दृष्टि, भिन्न कोण
  • Search

युवराज पोखरेलको अध्यक्षतामा लुम्बिनी पुँजी बजार लगानीकर्ता संघ गठन

दाङ २०७८ असोज २३ गते शनिवार

पुँजी बजारको विकास, लगानीकर्ताहरुको हकहित र समस्या समाधान गर्नको लागि भन्दै नयाँ लगानीकर्ता संघ ‘लुम्बिनी पुँजी बजार लगानीकर्ता संघ’ गठन भएको छ। युवराज पोखरेलको अध्यक्षतामा संघ गठन भएको हो।

आज दाङको घोराहीमा भएको भेलाले लुम्बिनी प्रदेशका लगानीकर्ताहरुको हकहितकोलागि भन्दै लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाबाट पदाधिकारी समावेश हुने गरि ११ सदस्य लगानीकर्ता संघ स्थापना गर्ने निर्णय गरेको हो ।

नव गठित संघको उपाध्यक्षमा इश्वरी घिमिरे, सचिवमा सरु खनाल, सह-सचिवमा शालिकराम कालाथोकी, कोषाध्यक्षमा बेदु अधिकारी, र सदस्यहरुमा खगेश्वर कालाथोकी,पवन अधिकारी,सुसिल पोखरेल,संगीता अधिकारी, तेज कुवर र मानबहादुर महरा चयन भएका छन् ।

सेयर बजारका लगानीकर्ताको हितकै लागि भनेर लगानीकर्ता संघ र इन्भेष्टर फोरम यसअघि नै गठन भएका छन्। तर लुम्बिनी प्रदेशका लगानीकर्ताहरुको हकहित र समस्या समाधान को लागि भन्दै अर्को लगानीकर्ता संघ स्थापना भएको हो ।

साथै उक्त भेलाले २०७८ सालको बडा दशैँ तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान समेत गरेको छ । अनुभव आदानप्रदान गर्ने क्रममा CA/TA र सेयरबजारका अनुभबी लगानीकर्ता बाट तालिम तथा गोष्टि संचालन गर्ने समेत निर्णय गरेको छ ।

भेलामा ३० बढी लगानीकर्ताहरुकोको उपस्थीत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस