• एउटै दृष्टि, भिन्न कोण
  • Search

सजिलो छैन गंगादेब सम्मको यात्रा गर्न

गंगादेब रोल्पा २०७८ असोज २४ गते आइतवार

नेपालीहरुको महान चाड बडादशै सुरु भए संगै देशका विभिन्न ठाउँहरुमा छरिएर बसेका गंगादेब गाउपालिका बासिहरु चाडपर्व नजिकिए सगै घर गाउँ फर्कने यात्रीहरुको घुइचो लागेको छ । देशका विभिन्न ठाउँ तथा बिदेश बाट चाडपर्व मनाउने रहर बोकेर गंगादेब गाउँपालिका भित्रिने धेरै यात्रीहरु बाटोमै अलपत्र पर्ने गरेका छन। दाङको तुल्सीपुर बाट रोल्पाको गंगादेब गाउपालिकाका विभिन्न ठाउमा पुग्ने यात्रीहरुको चाप धेरै भएको र सिमीत संख्यामा गाडी गुड्ने र बर्षातको समयमा बिग्रेको बाटो अहिले सम्म मर्मतमा कसैकोपनि ध्यान नगएकोले यात्रीहरुले जोखिमपुर्ण यात्रा गर्नुपरेको हो।

दाङको तुलसीपुर बाट सल्यान कपुरकोट, कोइला, झ्याम र सुखाओढार हुदै राँक ताप्ला बजार आउने गाडीका यात्रीहरुले गल्लिमा उभिएर र गाडीमा झुन्डिएर यात्रा गर्न बाध्य छन। गंगादेब गाउपालिका भित्र गुड्ने धेरै गाडीहरु कुनै पनि सिस्टम नभएको र काउन्टर बाट छुट्ने गाडी कुन हो त्यो समेत यात्रीलाई जानकारी नभएको र गाडीहरु मनपरि लापरबाही तरिकाले चल्ने गरेकाले यात्रीले यस्तो समस्या भोग्नुपरेको छ।
करिब तुलसीपुर बाट राँक ताप्ला बजार आउन ५/६ घण्टा समय लाग्ने गाडीहरु ओभर लोडको कारणले १०/१२ घण्टामा पुग्ने गरेका छन । खराब बाटोमा यात्रीलाई बाटोमा उर्लाएर हिडाल्नुपर्ने भएकोले समयमा गाडी गन्तब्य स्थलमा पुग्दैनन। गाउपालिका भित्रिने यात्रीहरु बाटोमा सास्ति बेहोर्नुपर्ने भएकाले यात्रीलाई घर सम्म पुग्न रातभर हिडनुपर्ने वा त्यही वास बस्नुपर्ने समस्या झेल्नु परेको छ।

यस्तो चाडपर्वको समयमा यात्रीहरुको गुनासोलाई नसुन्नी र ट्यासी उकालो बाटोमा गुडन नसक्ने र बसलाई बाटो सागुरो भएकाले गन्तव्यमा पुग्न नसक्ने भएकाले यात्रीहरुले यस्तो समस्या भोग्नुपरेको छ । बर्षादमा हिलाम्मे र हिउँदोमा खाल्डा खुल्डिका कारणले यात्रीहरुले बाह्रै महिना यात्रामा सास्ति बेहोर्नुपरेको हो।

गंगादेब चल्ने रोडमा अहिलेसम्म सम्मानजनक हिसावले गाडीको भाडा निर्धारण भएको छ वा छैन भन्ने कुरा यात्रीलाई जानकारी नभएकोले गाडीको भाडा मनपरि असुली गर्दा यात्रीहरुले चर्को भाडा दरमा जोखिम यात्रा गर्नुपरेको यात्रीहरुको गुनासो छ। सडकको सुधार, यात्रीहरुको जोखिमपुर्ण यात्रा र चर्को भाडा असुलीको बिषयमा गंगादेब सरकार मुखदर्शक बनेर बसेको देखिन्छ।
चाडपर्वको समयमा यात्रीहरुको यात्रा सहज बनाई यात्रीलाई घर सम्म अर्थात गन्तव्य स्थल सम्म पुग्न सहज वातावरण बनाउन गंगादेब सरकारको ध्यानाकर्षण गराउनै पर्ने देखिन्छ। गाउँपालिका भित्र हुने धेरै कामहरु अध्यक्षको मनोमानी हुने हुदा यो बिषयमा उहाँको यस बिषयमा ध्यानाकर्षण हुनुपर्छ। गंगादेब सरकारलाइ मेरो यहि अनुरोध छ।

प्रतिक्रिया दिनुहोस