• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनीमा संचार क्षेत्रमा बिनियोजन बजेट जति-असन्तुष्टि त्यतिनै

काठमाडौ २०७८ कार्तिक ५ गते शुक्रवार

‘लुम्बिनी सरकार’को संशोधित बजेट तथा कार्यक्रममा संचार क्षेत्रमा विनियोजन बजेट जति, त्यतिनै असन्तुष्टि पाइएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी र प्रेस संयोजक मानसिङ बिकले पार्टी निकट सञ्चार संस्थाको विकास तथा प्रवर्द्धनका लागि लाखौँ रकम बाँडेको आरोप लगाइरहेका छन्।

आर्थिक वर्ष २०७८–७९ को संशोधित बजेट खास योजनामा नभई पहुँचकै भरमा विजियोजन गरिएको जन–गुनासो छ। आगामी चुनावको नाफा–घाटा लेजाखोजा गरेर ‘मुख्यमन्त्री केसी’ले बजेट विनियोजन गरेको आरोप छ।

शङ्कर पोखरेल नेतृत्वको अघिल्लो सरकारले ल्याएकाे योजनामाथि टिप्पणी गर्दै नयाँ बजेट तथा कार्यक्रम तर्जूमा गरिएको सरकारका एक मन्त्री बताउँछन्। उनका अनुसार अघिल्लो सरकारले व्यवस्थापन गरेको पत्रकार कल्याणकारी कोषको रकमसमेत सरकारले कटौती गरेको छ।

प्रेस संयोजकको ‘अफसेट प्रेस’लाई २० लाख रकम छुट्याइएको लुम्बिनी सरकारले पार्टीनिकट रेडियोलाई समेत लाखौँ रकम विनियोजन गरेको पाइएको छ। माओवादी केन्द्रनिकट रोल्पाको एक रेडियोलाई प्रदेश सरकारले फरक–फरक शीर्षकमा ६५ लाख रकम छुट्याएको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले ‘सञ्चारकर्मी कल्याणकारी कोष’ र ‘मुख्यमन्त्री सञ्चार सवलीकरण कार्यक्रम’को लागि २०–२० लाख विनियोजन गरेको छ। प्रदेश सरकारले सञ्चारमाध्यमको नामै उल्लेख गरेर लाखौँ रकम बाँडेकाे छ।

मुख्यमन्त्रीकाे गृहजिल्लाकाे रेडियो जलजलाले प्रदेश सरकारबाट ६५ लाख उपहार पाएकाे छ। याेसँगै बुद्ध दर्पण दैनिक कपिलवस्तुले २० लाख, रेडियो मायादेवी र बुद्धआवाजकाे लागि ५–५ लाख विनियोजन गरिएको छ।

बुद्ध दर्पणका प्रधानसम्पादक बसन्त गिरी पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष तथा प्रेस सेन्टरका नेता हुन् ।

यस्तै बाँकेको रुबरु एफएमलाई ५ लाख र थप सामान खरिदको लागि भन्दै ५ लाख विनियोजन गरेको छ । यस्तै रेडियो माडी आवाजलाई मेसिनरी खरिदको लागि भन्दै १० लाख, यस्तै रेडियो रोल्पा र जलजल एफएमको लागि थप शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस