• एउटै दृष्टि, भिन्न कोण
  • Search

मूख्यमन्त्री द्वारा मन्त्री र सचिवलाई निर्देशन

रुपन्देही २०७८ कार्तिक ८ गते सोमवार

“समृद्धी प्रदेश, आत्मनिर्भर प्रदेश” लुम्बिनी प्रदेश सरकारको नारालाई साकार बनाउनकालागि प्रदेशबासी जनतालाई अनुभूति दिने गरी उत्साहपूर्वक जनताको सेवामा काम गर्न मुख्यमन्त्री कुलप्रसाद केसीले निर्देशन दिएका छन । मुख्यमन्त्री केसीले आज लुम्बिनी प्रदेशका मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई प्रदेशको समग्र विषयमा व्रिफिङ गर्दै “हामीले जनताको सेवा गर्न आएका हौँ, जनताको गुनासो आउन नदिनका लागि हामीले जनताको काम गरौँ ” भन्दै निर्देशन गरेका हुन।

जनताको जनगुनासोलाई पहिलो प्राथमिकतामा राखी सम्वोधन गर्न सबैलाई आग्रह गर्दै जनतालाई धेरै भन्दा धेरै प्राथमिकता दिएर काम गर्नका लागि अनुरोध गर् । गठबन्धन दलको सरकारको अनुभूति दिनका लागि सबैले आफ्नो कार्यक्षमता, दक्षता र विवेकतालाई अझै गति प्रदान गर्नका लागि अगाडि बढाएर जान सबैलाई निर्देशन दिए । अन्तरक्रिया मात्रैभन्दा पनि पनि जनतालाई परिणाम दिने गरी काम गर्नका लागि अनुरोध गर्दै त्यसका लागि सबैले उत्तिकै सहयोग गर्नका अनुरोध गरे । मुख्यमन्त्री केसीले मन्त्रालयको संख्या बढी बनाएपनि आफ्नो खर्चमा मितव्यायिता बनाउँदै अन्तरमन्त्रालयको सहकार्य र समन्वयमा काम गरी अगाडि बढ्नका लागि अनुरोध गरेका छन ।

लुम्बिनी प्रदेशमा किसानहरुले लगाएको धानबालीमा भएको क्षति संकलन र त्यस क्षेत्रका किसानहरुलाई राहत प्याकेज प्रदान गर्नु अहिलेको आवश्यकता रहेको बताए। लुम्बिनी प्रदेश भित्र रहने किसानहरुका पीडामा सहयोग गर्नुपर्ने प्रवक्ता तिलकराम शर्माले बताए ।

स्वाथ्य क्षेत्रमा कपिलबस्तुको बहादुरगञ्जमा भएको झाडापखलाको समयमै नियन्त्रण कार्य श्रहानिय भएको बताउँदै आगामी दिनमा सरकारले प्राथमिकताका साथ कोरोना विरुद्धको खोप खरिद गरी प्रदान गर्न प्रयास गर्नुपर्ने बताउए। कृषि क्षेत्रमा लगानी र कृषि क्षेत्रको बजेट कार्यान्वयन गर्नका लागि कृषि मन्त्रालयले बढी भन्दा बढी ध्यान दिनकालागि अनुरोध गरे । सबै मन्त्रालयका मन्त्रीहरुले राजनीतिक स्प्रीटमा काम गरि दिनकालागि मन्त्रीहरुले अनुरोध स्विकार गर्दै मन्त्री, सचिवहरुले प्रतिफल आउनेगरि काम गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस