• एउटै दृष्टि, भिन्न कोण
  • Search

चुनावमा हार बेहोरेको झोकमा दाङमा तरूण दलका अध्यक्षले कांग्रेस जिल्ला सचिव कुटे

दाङ २०७८ मङ्सिर ५ गते आइतवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत स्थानीय स्तरमा अधिवेशन भइरहेका छन् । चुनाव हारेको तातो रिसमा दाङमा तरुण दलका जिल्ला अध्यक्षले नेपाली कांग्रेसका पार्टीका जिल्ला सचिव माथि कुटपिट गरेका छन् ।

तरुण दल दाङका अध्यक्ष टीका घर्तीले कांग्रेस दाङका सचिव शंकर डाँगीलाई कुटेका जनाइएको छ । आईतबार दिउँसो तुलसीपुरको अञ्जु स्वीट हाउसमा चिया पिइरहेका सचिव डाँगीलाई मलाई चुनावमा हराउने तैं हो भन्दै घर्तीले कुटेका छन् ।

अध्यक्ष घर्ती दाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(ख) को सभापति पदमा उम्मेदवार भएर पराजित भएका थिए । घर्तीलाई हराउँदै अर्का उम्मेदवार खिमबहादुर वली विजयी भएका थिए ।

अध्यक्ष घर्तीले कुटपिट गरिरहेका बेला त्यहाँ पुगेका कांग्रेस तुलसीपुरका नगर सभापति सुरेश हमालले घर्तीलाई रोकेका थिए । कांग्रेस नेताबीच झडप भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालको टोली घटनास्थल पुगेको थियो तर, पार्टीको आन्तरिक लफडा आफैं मिलाउने भनेपछि प्रहरी टोली फर्किएको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस