• एउटै दृष्टि, भिन्न कोण
  • Search

अनेरास्ववियू (क्रान्तिकारी ) सानोठिमीद्वारा आयोजित सम्मान तथा सास्कृतिक कार्यक्रम सम्पन्न

भक्तपुर २०७८ पुष ९ गते शुक्रवार

अनेरास्ववियू (क्रान्तिकारी) सानोठिमी क्याम्पस कमिटीद्वारा आयोजित नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत, उत्कृष्ट विद्यार्थी र सहिद परिवारलाई सम्मान तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सानोठिमी क्याम्पसको प्रांगणमा भएको हो ।

उक्त कार्यक्रममा बिएड पहिलो वर्ष र एमएड पहिलो सेमेस्टरका विद्यार्थीलाई स्वागत गरिएको थियो । त्यस्तै सूचना तथा संचार प्रविधि शिक्षा विषय की क्याम्पस प्रथम छात्रा ऋतु श्रेष्ठलाइ उत्कृष्ट विद्यार्थी सम्मानित गरिएको थियो भने विज्ञान शिक्षा विषयको क्याम्पस प्रथम दुरेन लावतीलाइ उत्कृष्ट विद्यार्थी सम्मानित गरिएको थियो भने सीतला सापकोटालाई सहिद परिवारको तर्फ बाट सम्मानित गरिएको अनेरास्ववियू(क्रान्तिकारी ) सानोठिमी क्याम्पसको अध्यक्ष रेशम लाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियू(क्रान्तिकारी) की केन्द्रिय अध्यक्ष पन्चा सिंहले देश विकासको मुख्य आधार शिक्षाप्रणाली भएको भन्दै अध्ययन सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नु पर्ने कुरामा जोड दिईन । अँहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु आवश्यक भइसकेको समेत बताइन ।

अनेरास्ववियू(क्रान्तिकारी ) सानोठिमी क्याम्पस कमिटि अध्यक्ष रेशम लाल श्रेष्ठको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा अनेरास्ववियू(क्रान्तिकारी) केन्द्रीय अध्यक्ष पन्चा सिंहको प्रमूख आतिथ्यता तथा क्याम्पस प्रमुख जगत कृष्ण पोख्रेल को विशिष्ट आतिथ्यता रहेको थियो भने दिपेश पुन संजिव रेग्मी, सबिन पाण्डे, मदन लिम्बु लगायतको उपस्तिथिती रहेको थियो ।

कार्यक्रमको संचालन अनेरास्ववियू(क्रान्तिकारी ) सानोठिमी क्याम्पस कमिटि सचिव रबिन्द्र न्यौपाने र कोषाध्यक्ष चन्द्रकला वास्तोलले द्वव ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस