स्थानीय सरकारको तिब्र आलोचना भएपछि रोल्पाको गंगादेव गाउपालिका भित्रका सम्पूर्ण बिद्यालयहरु एक हप्ता बन्द हुने भएका छन । माघ ९ गते बसेको गाउकार्यपालिकाको बैठकले गाउपालिका भित्र शिक्षक तथा बालबालिकालाई कोभिड संक्रमण भएको भन्दै सबै बिद्यालय १ हप्ता बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयले कोभिड चेनब्रेकको लागि भन्दै माघ १५ गते सम्म बिद्यालय बन्द गर्ने निर्णय गरे पनि गंगादेव गाउपालिकाले सस्तो लोकपृयता बटुल्न बिद्यालयहरु बन्द नगर्ने निर्णय गरेको थियो । कोभिड चेनब्रेककोलागि बिद्यालय बन्द नगर्ने निर्णयको गाउपालिका भित्र चर्को आलोचना हुँदै आएको थियो ।
बिद्यालय बन्दको बिषयमा बन्द गर्ने पक्षमा नरहेका कार्यपालिका सदस्यहरु आलोचना पश्चात् बन्द गर्ने निर्णयमा रहेको एकजना गाउ कार्यपालिका सदस्यले बताए । माघ ७ गते भगवती आधारभूत बिद्यालयमा कोभिड नमुना परिक्षण गर्दा ३ जना शिक्षकमा कोरोना देखिएको थियो ।