• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्थानीय तहको निर्वाचन जेठमा ४ गर्न आयोगको सिफारिस

काठमाडौ २०७८ माघ १८ गते मङ्गलवार

निर्वाचन आयोगले २०७९  जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगकाे भेटमा निर्वाचन आयोगले  ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो ।

२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवम् कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम जेठ ४ गते निर्वाचनको मिति तोक्न आयोगको सरकारलाई सुझाव छ ।

प्रतिक्रिया दिनुहोस