• एउटै दृष्टि, भिन्न कोण
  • Search

यी हुन पल शाह प्रकरणमा साइबर अपराधको कारबाहीमा पर्ने १६ युट्युब च्यानल

काठमाडौ २०७८ फाल्गुन २१ गते शनिवार

प्रेस काउन्सिल नेपालले मिडिया अन्तर्गत दर्ता नभएका १६ युट्युब च्यानलमाथि साइबर अपराध मुद्दा अन्तर्गत कारबाहीका लागि सिफारिस गरेको छ । पल शाह प्रकरणमा वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुर्‍याउने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडिओ सामग्री सम्प्रेषण गरेको पाइएपछि ती युट्युब च्यानललाई कारबाहीको दायरमा ल्याउन लागिएको हो ।

यस किसिमको गतिविधिले न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रकृयामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष विपक्षमा सामग्री सम्प्रेषण भइरहेको प्रति काउन्सिलले गम्भीर चासो देखाएको छ ।

यस क्रममा काउन्सिलले २२ अनलाइन मिडियालाई सचेत गराउनुका साथै १० ओटा वेबसाइट नेपालभित्र नचल्ने गरी प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस समेत गरेको छ ।

यस्ता छन् कारबाही सिफारिस गरिएका युट्यबु च्यानल

१. टीसीने नेपाल
२. सुपर अनलाइन
३. एवन समाचार
४. मिडिया ताजा खबर

५. नेपाली मन मिडिया
६. पुमा गौरव राई
७. नयाँ खोज नेपाल
८. नौलो शुभ अनलाइन

९. विशाल नेपाल
१०. लक्ष्मण म्युजिक मिडिया
११. अर्घाखाँची मिडिया
१२. मुन अफ नेपाल

१३. नेपाली माटो
१४. डीएमजी नेपाल
१५. राताेपाटी मिडिया
१६. समर्पित प्रकाश

प्रतिक्रिया दिनुहोस