परिचय
दर्शनशास्त्र भन्नले मानबसग सम्बन्धित मन, ज्ञान, भ्रम, बास्तबिकता कारण वा अन्य यस्तै मानव जीवन – जगत् को विषयमा धारणाको अध्ययन गर्ने शास्त्र हो। साधारणः दर्शन भन्नाले कुनै ब्यक्ति वा विशेष समुहको बिचार, सोच र मानसिकता भन्ने बुझिन्छ, त्यसैको अध्ययन नै दर्शनशास्त्र हो । दर्शनशास्त्रलाई, जिबनशैलिको माध्यमको रुपमा पनि लिन सकिन्छ। मानव सभ्यताको विकासक्रममा भएको दर्शनको सुरुवात नै आजको विकसित अवस्थामा पुगेको हो । मानव विकासको काममा जो जस्तो बाताबरणमा रहदै आयो त्यही त्यही बाताबरणलाई पहिचान गर्ने र समायोजन गर्ने प्रयत्न भयो । समाजमा भयको विभिन्न बस्तु, ब्रह्माण्ड कहाँबाट सुरु भैई कहाँबाट अन्त हुन्छ? समाज किन गतिशील बन्यो? गतिशीलताको कारण के हुन? ब्रह्माण्ड, सत्य, खोज, मानिस, आत्मा, चेतना, बिश्वास, संस्कृति आदि विभिन्न विषयको सुरुवात र अन्त्य के हो? जस्ता प्रश्नहरुको उत्तर खोज्ने क्रममा दर्शनको सुरुवात भएको पाइन्छ ।
दर्शनको उत्पत्ति मानबजगत्, विचार, बातावरण, जिज्ञासा, कौतुहलता, सन्देह, आश्चय, दुः ख जस्ता विविध कारणबाट भएको मानिन्छ। यसको उत्पति काल यही हो भनी किटान गर्न सकिदैन तर मानव विचारको सृषतिगत, ब्रह्माण्डको सत्यको बिश्वासको र खोजीको सुरुवातबाट नै दर्शनपनि सुरुवात भयको हो भन्न सकिन्छ ।
त्यसैगरी ब्यक्तिलाई जन्मदेखि मरुन्जेलसम्मको सम्पुर्ण अप्ठ्यारा कुराहरुको समाधान गराउदै अघि बढाउन सिकाउने प्रकिया नै शिक्षा हो । असल खराब छुट्टाउन सक्ने विबेक प्रदान गर्ने, सही निणय लिन सछेम बनाउने, ब्यक्तिको व्यबहारलाई अनुकरणीय र आदर्श बनाउने, मानबता र नैतिकताको प्रस्फुटन गराउने इच्छाअनुसारको प्रतिभा विकासमा टेवा पुराउने आदि कार्य शिक्षाले गर्दछ। मानवसभ्यताको विकासक्रम सङ्सगै शिक्षाको सुरुवात भयको हो भने शिक्षाको सुरुवात भयसङै दर्शनशास्त्रको पनि सुरुवात भयको हो। एउटा बालक आमाको गर्भबाट बाहिर निस्केर बाहिरी बाताबरणमा जिबनका बिकासक्रमका चरणहरु पार गर्दै जान्छन। यसरी सम्पूर्ण सामाजिक बाताबरणमा समायोजन हुन सिकाउदै जाने पहिलो क्रियागत चरणहरुबाट नै शिक्षाको उत्पति र विकास भएको पाईन्छ। शिक्षा र दर्शनको सम्बन्धमा विभिन्न दर्शानिक वा बिद्वानहरुले आ – आफ्नो धारणा राखेका छ्न ।
– दर्शन र शिक्षा एकै सिक्काका दुई पाटा हुन यीनले एउतै बस्तुका दुई दृष्टिकोण बताउछ्न र एकले अर्कालाई प्रयोग गर्दछ्न ।
– J.S. Ross
– दर्शन शैक्षिक अभ्यासको पथप्रदशक हो। शिक्षाले अनुसन्धानको छेत्रको रूपमा दार्शनिक निर्णयका लागि निश्चित आधार प्रदान गर्दछ ।
– Butler
– दर्शनको आधारमा शिक्षाको लक्ष्य कहिलै पुरा हुदैन।
– Fichte
दर्शन र शिक्षाबिचको अन्तरसम्बन्ध
दर्शन र शिक्षाको गहिरो सम्बन्ध रहेको छ। शिक्षा र दर्शन एकै सिक्काको दुई पाटाको रूपमा रहेका छन् । शिक्षाबिना दर्शन कल्पना नै गर्न सकिदैन भने दर्शनबिहिन शिक्षाको पनि परिकल्पना नै गर्न सकिदैन । हरेक युगको दर्शन आफ्नो प्रयोगशालाका रूपमा रहेको त्यो युग समयको शिक्षामा प्रतिबिम्ब भएको हुन्छ। हरेक युगको शिक्षाले त्यो युगको दर्शनको प्रतिनिधित्व गरेको हुन्छ र त्यो समयको शिक्षामा अभिब्यकत्त भएको हुन्छ । आफ्नो समयको समाजलाई नै संचालन गर्ने चालकका रुपमा मुख्य भुमिकामा शिक्षा हुने हुनाले पनि शिक्षामा महत्त्वपूर्ण भुमिका हुन्छ । शिक्षा भनेको दर्शनशास्त्रको बहुआयामिक छेत्र हो। उत्पादनको संघर्ष, वर्गसंघर्ष र बैज्ञानिक परिछेणबाट हुन्छ । त्यो दृष्टिकोण बन्छ र त्यो शिक्षाको प्रयोगशालामा परिछेण हुन्छ । त्यो दृष्टिकोण बोकेको शिक्षा समाजमा प्रतिबिम्ब हुन्छ ।
शिक्षा र दर्शनको असाधारण अन्र्तसम्बन्ध यसबाट अझ स्पष्ट हुन्छ । जसरी दर्शनको दुईवटा धारा छ्न त्यसरी नै तिनको प्रयोगशालाको रुपमा रहने शिक्षाका पनि आ– आफ्नै दृष्टिकोण छन् । शिक्षाको दर्शन कुन हो बुझ्नको लागि जीवन र जगत् को उत्पत्तिको बारेमा यसको दृष्टिकोण के हो भनेर जान्नुपर्छ । यो ब्रह्माण्डको उत्पत्ति अथवा पदार्थ र चेतनामध्ये आदितत्व कुन हो अथवा यी दुईमध्ये प्राथमिक कुन हो यसका सम्बन्धमा अहिलेको शिक्षाले कस्तो धारणा बनाएको छ ? अहिलेको शिक्षा दर्शन यसैमा निहित छ । दर्शनको शिक्षाप्रति दृष्टिकोण र त्यसमा आधारित शिक्षाले पनि सोही दर्शनकै अनुसरण गर्ने भयो । किनभने अहिलेको शिक्षाप्रणालीले कसको सेवा गर्दछ भन्ने कुरा पनि यसले अनुसरण गरेको दृष्टिकोणका आधारमा प्रष्ट हुन्छ किनकि दार्शनिक पछेधरताले नै त्यसको शिक्षाप्रणालीको पछेधरताको पनि छनोट गर्दछ । अथवा अहिलेको शिक्षा कस्तो दार्शनिक प्रणाली अगालेको छ भन्ने कुराको त्यसको साथै उसको व्यबहारको पनि निर्धारण गर्दछ । दर्शन र शिक्षाविचको सम्बन्ध निम्न बुदाबाट प्रष्ट पार्न सकिन्छ ।
१. दर्शनले बिस्वासको प्रतिपादन गर्दछ भने शिक्षाले प्रतिपादित बिस्वास्लाई जीवनप्रणालीमा प्रयोग गर्दछ ।
२. दर्शनले ज्ञानको खोजी गर्दछ, ज्ञान पत्ता लगाउदछ भने शिक्षाले खोजिएको वा पत्ता लगाइएको ज्ञानलाई अभ्यास गर्दछ, उपयोगमा ल्याउछ ।
३. दर्शनले ब्रह्माण्डको ब्याख्या गर्दछ भने शिक्षाले मानिसलाई ब्रह्माण्डमा समायोजित गराउदछ ।
४. दर्शनले मानब आचारण र चरित्रको बारेमा मार्गनिर्देशन प्रस्तुत गर्दछ भने शिक्षाले यस्ता मुल्यलाई मानब जीवनमा लागु गर्न सहयोग गर्दछ ।
५. दर्शनले सबै विषयमा सामान्य चिन्तन गरी बास्तबिकताको अनुमान लगाउछ भने शिक्षाले बास्तबिकतालाई मानब जीवनमा प्रयोग गर्दछ ।
६. दर्शनले सत्यम, शिबम सुनदरम जस्ता मुल्यहरुको ब्याख्या गर्दछ भने शिक्षाले ती मुल्यहरुलाई जीवनमा ढाल्दछ ।
७. दर्शनले समाज, मानिस, ईश्वर, ब्रह्माण्ड र कुनै पनि पछेका समस्याबारे औल्याउँछ ।
८. विद्वानहरुलाई बौद्धिकता बिकास गर्न, असल चरित्रको निमाण गर्न, बिध्यालय ब्यबस्थापन सही रुपबाट ब्यबस्थित गर्न मार्गनिर्देशन गर्दछ भने शिक्षाले ती मार्गनिर्देशनहरुलाई प्रयोग गर्दछ ।
यसरी हेर्दा शिक्षा र दर्शनको बिकासक्रमको समय, परिस्थिति र बैज्ञानिक बिकासका आधारमा सङ्सगै हुदै गएको पाइन्छ । अत ः शिक्षा र दर्शन एक – आपसमा परिपुरक मानिन्छ । शिक्षा बिकासको लागि दर्शन र दर्शन बिकासको लागि शिक्षाको आबश्यक्ता पर्दछ । दर्शनले शिक्षाका लक्ष्य र उद्यश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण बिधि र अनुशासनको निर्धारण गर्न सहयोग गर्दछ भने शिक्षाले सोहीअनुसारको कर्यान्यन गराउदछ । हाल बिश्वमा मौजुदा शिक्षा र त्यसको प्रणाली कुनै दृष्टिकोणबाट वा निश्चित विचारधाराबाट संचालित छ वा कुनै विचार वा दृष्टिकोणबाट वा भनौं कस्तो दर्शनबाट संचालित भैइरहेको छ भन्ने आजको मुख्य प्रश्न बन्न गएको छ ।
पढ्ने र पढाउने जिम्मेवारी लिएकाहरुले भन्नसक्छन र भन्दै आइरहेका पनि छन् – किन चाहियो शिक्षामा दर्शनको कुरा ? यो त वाइयात बहस हो। यो हामीले गर्ने काम होइन । हामीलाई त यहाँ पढ्नु छ पढाउनु छ । दर्शनतिर सोचेर किन समय खेर फाल्ने ? यस्ता प्रस्नहरु पनि प्रयोग गर्न सकिन्छ परन्तु यहाँनिर हामीले के बुझन जरुरी छ भने कुनै चिज वा बस्तुको निर्माण त्यसको बिकास र निश्चित नियमका आधारमा भइरहेको हुन्छ । जसलाई बुझ्न र बदल्न हामीलाई बस्तु बन्ने नियमहरु बुझ्न अति आबश्यक हुन जान्छ । त्यसरी नै हामीले आजको समाज, राज्य र त्यसको मुख्य सामाग्रीको रुपमा रहेको शिक्षा यसको प्रणाली बदल्नको लागी सर्बप्रथम यसको निर्माणका नियमहरु बुझ्न अति आबश्यक हुन्छ ।
निस्कर्श
समग्ररुपमा भनुपर्दा शिक्षा र दर्शनसास्त्रबिच अन्योन्याशृत सम्बन्ध रहेको हुन्छ । यी दुबै एक – अर्काका परिपुरकका रुपमा रहेका हुन्छन् । शिक्षा बेगर दर्शनशास्त्र र दर्शनशास्त्र बेगर शिक्षाशास्त्रको चाहि कल्पना सनेत गर्न्र सकिदैन । नियमहरु आजको समाज र राज्य कुनै न कुनै धारणाका आधारमा चलिहरेका छन् । आजको शिक्षाप्रति बर्तमान राज्यको हेराइ के . हो ? शिक्षा कस्तो दर्शनमा आधारित छ ? र यसको दर्शन के हो ? शिक्षा र यसको प्रणालीको दर्शन हुन्छ वा हुँदैन ? हुन्छ भने शिक्षाको दर्शन के. हो भनेर प्रष्ट पार्न जरुरी हुन्छ ।