पत्रकार एच आर मगरले शैक्षिक सामाग्री वितरण गरेका छन । रोल्पाको रुन्टिगढी गाउपालिका ८ मगरगौरि मा रहेको श्री भानु आधारभुत विद्यालयमा एक बिशेष कार्यक्रम गरि शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
विद्यालयका शिशु, १, २,३ र ४ कक्षाका ११० विद्यार्थीलाईलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । अनलाइन टि भि पत्रकार संघ दाङका सचिव समेत रहेका मगरको पहलमा साउदि अरबमा रहेका बेगम पुनको आर्थिक सहयोगमा स्कुल ब्याग ,कापी, कलम गरि करिब ५० हजार बराबर सहयोग गरेका हुन् ।
कार्यक्रममा रुन्टिगढी गाउँपालिका ८ का वडा अध्यक्ष भिम ब. पुनको प्रमुख अतिथ्य तथा प्रधानाध्यापक टेकेन्द्र घर्तिको अध्यक्षतामा सन्चालन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले बेगम पुनले जस्तै अरु युवाहरुले पनि स्कुल लाई सहयोग गरेमा स्कुल को स्तरोन्नति हुने बताएका थिए । पत्रकार मगरले दुर्गम क्षेत्रमा रहेको स्कुलमा आफु स्वयंम आएर सहयोग गर्न पाउदा निकै खुशी भएको र कार्यक्रम बाटै आर्थिक सहयोग पठाउने बेगम पुन लाई पनि विशेष धन्यवाद दिएका थिए ।
कार्यक्रममा विद्यालयका सुचना अधिकृत टिकाराम बुढाथोकी,अम्बर बहादुर बहकरि, कृष्ण ब. साहु, तुलसी पुन, बोम बहादुर पुन, अर्जुन रोका मगर, भानु घर्ति मगर लगाएत आफ्नो मन्तव्य राखेका थिए ।
कापी, कलम , ब्याग पाउदा विद्यार्थी निकै खुशि र हर्षत भएका थिए । शिक्षिका दिपा बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सन्चालन आर. जे. शान्तराम ले गरेका थिए ।