• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा माओवादी केन्द्रले टुंगो लगायो पालिका देखी वडा सम्मको उम्मेदवार

रोल्पा २०७९ बैशाख ११ गते आइतवार

सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन नसकेपछि नेकपा माओवादी केन्द्र रोल्पाले जिल्लाका सबै स्थानीय तहको उम्मेदवारी टुंगो लगाएको छ ।

आइतबार बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्लाका १० वटै स्थानीय तह र वडाको उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादी केन्द्रका अनुसार रोल्पा नगरपालिकाको नगरप्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य सिफारिस भएका छन् ।

नगरपालिको वडाध्यक्षहरुमा वडा नं. १ मा खुमवहादुर थापा, वडा नं. २ मा प्रकाश डाँगी, वडा नं. ३ मा भरत विष्ट, वडा नं. ४ मा मित्रलाल गुरुङ, वडा नंं ५ मा टोपबहादुर नेपाली सिफारिसमा परेका छन् । यसैगरी वडा नं. ६ मा तुलबहादुर घर्तीमगर, वडा नंं ७ मा लालबहादुर घर्तीमगर, वडा नंं ८ मा हर्कबहादुर डाँगी, वडा नं. ९ मा मिमबहादुर घर्तीमगर र वडा नं. १० मा मोतिलाल डाँगी सिफारिस भएका छन् ।

सुनिलस्मृती गाउँपालिको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापा सिफारिस भएका छन् । वडाध्यक्षहरुमा वडा नं. १ मा गोवर्द्धन कँवर, वडा नं. २ मा शान्तराम शाह, वडा नंं ३ मा दुर्गाबहादुर विष्ट, वडा नं. ४ मा ओबीलाल बस्नेत र वडा नं. ५ मा मनि थापा सिफारिस भएका छन् । यसैगरी वडा नंं ६ मा लोकेन्द्र थापा, वडा नं. ७ मा रेशम शर्मा र वडा नंं ८ मा धनराज रोका सिफारिस भएका छन् ।

लुंग्री गाउँपालिका अध्यक्षमा भरत थापा सिफारिस भएका छन् भने उपाध्यक्षमा अझै टुंगो लाग्न सकेको छैन । वडाध्यक्षहरुमा वडा नंं १ मा दिलबहादुर पुन, वडा नं. २ मा मिमबहादुर जीसी, वडा नं. ३ मा नेमबहादुर खड्का, वडा नं. ४ मा बीरवल खड्का र वडा नं. ५ मा रिखबहादुर रोका सिफारिस भएका छन् । यसैगरी वडा नं. ६ मा जोखबहादुर वुढाथोकी र वडा नं. ७ मा हिराबहादुर पुनमगर सिफारिस भएका छन् ।

सुनछहरी गाउँपालिकाको अध्यक्षमा धनबहादुर पुन र उपाध्यक्षमा ननकला घर्तीमगर सिफारिस भएका छन् । वडाध्यक्षहरुमा वडा नंं १ मा धनीमान रोकामगर, वडा नं. २ मा कृष्णबहादुर बुढामगर, वडा नंं ३ मा उदवीर घर्तीमगर सिफारिस भएका छन । यसैगरी वडा नं. ४ मा खड्कबहादुर घर्तीमगर, वडा नं. ५ मा देवीलाल रोका, वडा नं. ६ मा अमरजीत पुन र वडा नं. ७ मा राजबहादुर रोका सिफारिस भएका छन् ।

थवाङ गाउँपालिकाको अध्यक्षमा ऋािषकेशव वुढामगर र उपाध्यक्षमा सर्मिला बुढामगर सफारिस भएका छन् । वडाध्यक्षहरुमा वडा नं. १ मा हिराप्रसाद बुढा, वडा नं. २ मा अभिलाशा रोकामगर, वडा नं. ३ मा जनक बुढामगर, वडा नं. ४ मा पुनबहादुर विक र वडा नं. ५ मा गोवर्द्धन घर्तीमगर सिफारिस भएका छन् ।

परिवर्तन गाउँपालिकाको अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्रीनी सिफारिस भएका छन् । वडाध्यक्षहरुमा वडा नं. १ मा मैते बुढामगर, वडा नं. २ मा हरिप्रसाद बुढामगर, वडा नं. ३ मा झपीराम डाँगी, वडा नंं ४ मा भानसिंह बुढा वडा नंं ५ मा दिलबहादुर वली र वडा नं. ६ मा कर्णबहादुर बुढामगर रहेका छन् ।

गंगादेव गाउँपालिकाको अध्यक्षमा वीरबहादुर खत्री सिफारिस भएका छन् । उपाध्यक्षमाभ भने अझै टुंगो लाग्न सकेको छैन । वडाध्यक्षहरुमा वडा नं. १ मा दलसुर घर्तीमगर, वडा नंं २ मा भूपाल दमाई, वडा नं. ३ मा लोकमान वली, वडा नं. ४ मा रामबहादुर वली सिफारिसमा परेका छ्न् । यसैगरी वडा नं. ५ मा मानबहादुर डाँगी, वडा नं. ६ मा कमानसिंह खत्री र वडा नंं ७ मा टोपबहादुर वली सिफारिस भएका छन् ।

माडी गाउँपालिको अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्तीमगर सिफारिस भएकी छन् । वडाध्यक्षहरुमा वडा नं. १ मा रोहितसिंह घर्तीमगर, वडा नं. २ मा ललित घर्तीमगर, वडा नं. ३ मा दलबहादुर घर्तीमगर, वडा नं. ४ मा रेगमबहादुर मल्ल, वडा नंं ५ मा तेजेन्द्र बुढामगर र वडा नंं ६ मा खर्कवहादुर पुनमगर सिफारिस भएका छन् ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा रेशम पुनमगर र उपाध्यक्षमा भागिसरा खत्री सिफारिस भएका छन् । वडाध्यक्षहरुमा वडा नं. १ मा देउराम घर्तीमगर, वडा नं. २ मा शान्तराज बोहोरा, वडा नंं ३ मा तीला वली डाँगी र वडा नं. ४ मा गंगाप्रसाद घर्तीमगर सिफारिस भएका छैन । यसैगरी वडा नं. ५ मा ज्योतीबहादुर घर्तीमगर, वडा नंं ६ मा नरेन्द्र भण्डारी र वडा नं. ७ मा खेमराजा बाबु डीसी सिफारिस भएका छन् ।

रुन्टीगढी गाउपालिको अध्यक्षमा गोविन्द पुनमगर र उपाध्यक्षमा कौशिला घर्ती क्षेत्रीनी सिफारिस भएका छन् । वडाध्यक्षहरुमा वडा नं. १ मा मीनबहादुर थापा , वडा नंं २ मा भिउलाल पुनमगर, वडा नंं ४ मा शिवलाल रोका, वडा नंं ५ मा निराजन घर्तीमगर, वडा नं. ६ मा खिमबहादुर घर्तीमर,वडा नंं ७ मा टेकलाल पुनमगर र वडा नं. ८ मा बेदबहादुर वुढामगर सिफारिस भएका छन् । वडा नंं ३ मा भन उम्मेदवारी टुंगो लागेको छैन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिका वाहेक सवै गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस