रोल्पाको माडी गाउपालिकाको वडा नं ३ तालाबाङमा नेकपा माओवादी केन्द्र,नेकपा समाजबादी र नेपाली कांग्रेस, नेकपा एमालेका कार्यकर्ता विच झडप भएको छ । माडी गाउपालीकाको वडा नं ३ तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो ।
झडपमा नेपाली कांग्रेसका वडा नं ३ का उमेदवार निमबहादुर डागी र वाइसीयएल तर्फ किरण वुढा, समिर घर्ति घाइेत भएका छन् ।
बाटोमा फर्कदै गर्दा एक्कासी वडा अध्यक्षका उमेदवार को हो? भन्दै अध्यक्षका उमेदवार डागीलाई रड प्रहार गरि शक्त घाइते बनाएको नेपाली कांग्रेस क्षेत्र नंम्वर २ क्षेत्रीय सभापति गोपाल घर्तिले बताए ।
उनका अनुसार घाइते डागीलाई उपचारका लागी जिल्ला बाहिर पठाइएको छ । २०-२५ जनाको YCL युवाहरुले अक्रमणको समयमा प्रयोग गरेको गाडी समेत नियन्त्रमा लिएर कानुनी बाटोमा जाने घर्तिले बताए ।
वाइसियलका युवाहरुमाथी आक्रमण गर्न आएपछि त्यसको प्रतिकार गरेको नेकपा माओबादी केन्द्र माडी गाउपालिकाका सचिव विर वहादुर घर्तिले बताए । उनका अनुसार गठबन्धनमा रहेको समुहले हामी माथी आक्रमणको प्रयास गरे, किरण वुढा, समिर घर्ति घाइते छन, घर्तिले भने । उनीहरुकाे स्थानिय स्वास्थ संस्थामा उपचार भइरहेकोे छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीका अनुसार झडप पश्चात् अहिले अवस्था सामान्य रहेको जानकारी दिए ।