• एउटै दृष्टि, भिन्न कोण
  • Search

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, कसको कति ? (तलब सहित)

काठमाडौ २०७९ जेष्ठ १५ गते आइतवार

सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।

निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, जसमा ग्रेड भने समावेश गरिएको छैन। कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरले अधिकतम ८ ग्रेडसम्म सुविधा पाउने व्यवस्था छ ।

क्रसपद/श्रेणीहालको सुरु तलबमानबढेपछि कायम हुने तलब
१.मुख्य सचिव६७,१४०७७,२११
२.सचिव६२,६८०७२,०८२
३.सह सचिव४९,३८०५६,७८७
४.उप सचिव४२,३८०४८,७३७
५.शाखा अधिकृत३७,९९०४३,६८९
६.नायव सुब्बा३०,२००३४,७३०
७.खरिदार२८,६१०३२,९०२
८.मुखिया२४,०१०२७,६१२

प्रतिक्रिया दिनुहोस