• एउटै दृष्टि, भिन्न कोण
  • Search

जापान पढ्न जानेहरुका लागि दाङमा खुल्यो हिताची कन्सल्टेन्सी, भाषा र बुकहरु फ्री मा प्रदान गर्ने

दाङ २०७९ असार १० गते शुक्रवार

दाङको तुलसीपुरमा जापान पढ्न जान चाहानेहरुका लागि हिताची एडुकेसनल कन्सल्टेन्सीको शाखा कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार विहान एक कार्यक्रमकाबीच शाखा कार्यालयको उद्घाटन गरिएको हो ।

कन्सल्टेन्सीको उद्घाटन तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष बिरेन्द्र कुमार शाहले रिवन र केक काटेर गरेका हुन् । उद्घाटन कार्यक्रम बोल्दै अध्यक्ष शाहले नेपालको जनशक्ति विदेश जानु राम्रो नभएपनि विदेशमा गई राम्रो शिक्षा आर्जन गरेर नेपालको विकासमा सहयोग गर्नुपर्ने बताए । साथै जापान अध्यनमा पठाउदा फेक डकुमेन्ट बनाएर नपठाउन आग्रह गरेका छन् ।

यस्तै हिताची कन्सल्टेन्सीका मेनेजिंग डाइरेक्टर टेकम वलीले जापान जान चाहाने विद्यार्थीलाई मध्यनजर गरेर तुलसीपुरमा नयाँ कन्सल्टेन्सी खोलेको बताए । उनले भने- ‘म जापान करिव ८/१० बर्ष बसे र लामो अनुभव गरे, अब जापान जान चाहाने विद्यार्थीलाई सहज र सर्वसुलभ रुपमा सेवा दिने योजना बनाएको छु ।’,

वलीले विधार्थीलाई जापानिज भाषा, परिक्षा र बुकहरु फ्रीमा उपलब्ध गराउने जानकारी दिंदै जापानमा लामो समय बसेर आएका अनुभवी जापानीज भाषा शिक्षकहरुबाट कक्षा र आवश्यक सल्लाह र सुझाव दिने बताए ।

उनले जापान अप्लाई गर्नको लागि चाहिने सम्पूर्ण डकुमेन्ट कन्सल्टेन्सीले निशुल्क गराईदिने समेत जानकारी दिए । साथै भाषा आडियो/भिडियो माध्यामबाट पढाउने बताए ।

कार्यक्रममा प्रमुख अथिति वडाध्यक्ष विरेन्द्र कुमार शाह, अन्य अथितिहरुमा डपेन्द्र वली, सेवा इन्टरनेसनल एडुकेसन घोराहीका मेनेजिंग डाइरेक्टर मनोज पौडेल, प्रशिक्षक दिपेन वलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भरत डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस