• एउटै दृष्टि, भिन्न कोण
  • Search

घुस सहित रोल्पाको गंगादेवमा कार्यरत इन्जिनियर पक्राउ

रोल्पा २०७९ असार २४ गते शुक्रवार

राेल्पामा एक जना ईञ्जिनयर ५० हजार घुस रकम सहित पक्राउ परेका छन ।

गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम बुझ्ने क्रममा अख्तियारकाे टाेलीले पक्रउ गरेकाे हाे ।

घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट टाेली खटेकाे थियाे ।

घुस रकमसहित गंगादेव गाउँपालिका, वडा नं. २, स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेकाे प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस